default_image

8 years ago

December 1, 2016

एसिया कप महिला क्रीकेटमा नेपालको लगातार चौथो हार

105 views

0 Bookmark

थाइल्याण्डमा जारी महिला एसिया कप क्रीकेटमा नेपाली महिला क्रीकेट टोलिले लगातार चौथो हारको सामना गरेको छ । अघिल्लो खेलहरुमा पाकिस्तान । श्री लंका र बाङ्लादेशसङ पराजय भोगेको नेपालले आज आयोजक थाइल्याण्ड बिरुद्ध ८ विकेटले पराजय भएको छ ।

nepal women

टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको थियो  । ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० रनको साझेदार गरेपनि त्यसपछि लामो साझारी हुन सकेन ।

ज्योतिले १६ र सीताले ९ रन बनाइन् । अघिल्ला खेलहरुमा जस्तै नेपाली खेलाडीले सम्हालिएर ब्याटिङ गर्न सकेनन् । कप्तान रुविन क्षेत्रीले ८, नेरी थापाले ७, इन्दु बर्माले १, रश्मि शर्माले १, काजल श्रेष्ठले २, सरिता मगरले ४ र करुण भण्डारीले २ रन बनाएका थिए । थाइल्यान्डका लागि सोरनारी तिप्चे र सुलिपोर्न लोमीले समान २ विकेट लिए ।

जवाफमा उत्रेको थाइल्याण्डले १६ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गर्‍यो । नेपालकोलागी सरिता मगरले दुइ विकेट लिइन ।  नेपाल प्रतियोगिता अघिको अभ्यास खेलमा पनि थाइल्यान्डसँग पराजित भएको थियो ।

March 25, 2025

गुजरात रुपान्तरित पञ्जाबसँग खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबले आइपिएल २०२५ को मेगा अक्सन अघि केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए । गुजरातले दुई अनक्याप्ड भारतीय क्रिकेटरलाई रिटेन गरेको […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 24, 2025

लखनउका मार्स र पुरनको अर्धशतक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका‌ लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]

Success

Thank you for your time.