default_image

3 years ago

March 2, 2022

सन्दीपनै ओडिआईको कप्तान

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको ओडिआई कप्तान पनि लेगस्पिनर सन्दीप लामिछाने रहने पक्का भएको छ । तीन महिना अघि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै कारवाहीसँगै कप्तानबाट पदमुक्त गर्दा सन्दीप कप्तानमा नियुक्त भएका थिए ।

सन्दीपको कप्तानीमा नेपालले यसै महिना ओमानमा चार देश सम्मिलित टि२० आई सिरिज र आइसिसी टि० विश्वकप छनोट ए खेलेको थियो । नेपाल दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज अघि नेपाली टोली बिहीबार अभ्यासको लागि श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।

ओडिआईको कप्तानी पनि सन्दीपले नै गर्ने कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । १६ सदस्य टोलीले श्रीलंका हुँदै युएई भ्रमण गर्नेछन् । सन्दीप ओडिआईमा कप्तानी गर्ने नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । नेपालले उपकप्तान भने सार्वजनिक गरेको छैन ।

अनुसाशनकै कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यसपछि उपकप्तानको जिम्मेवारी कसैलाई तोकेको छैन । आवश्यक परेको खण्डमा मात्र तोक्ने जनाउँदै आएको छ ।

सन्दीपको कप्तानीमा नेपाल टि२० विश्वकप छनोटमा समूह बी मा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ र क्यानडालाई ८ विकेटले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

विश्वकप लिग–२ पछि नेपालले टियु मैदानमा मार्च अन्तिममा पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग ओडिआई सिरिज पनि खेल्ने जनाएको छ । नेपालले विश्वकप लिग–२ मा पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ मा खेल्दै सुरुवात गर्नेछ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

यो पनि : कप्तानीमा सन्दीपको ड्रिम डेब्यू

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.