default_image

3 years ago

March 1, 2022

रबाडा चल्दा दक्षिण अफ्रिकाको फराकिलो जित

110 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि १ सय ९८ रनको फराकिलो जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

४ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ८८ बलमा १३ चौकासहित सर्वाधिक ९२ रन बनाए । टम ब्लन्डेल ४४, डर्याल मिचेल २४ र कोलिन डि ग्रान्डहोम १८ रनमा आउट भए । दक्षिण अफ्रिका कागिसो रबाडा, मार्को ज्यानसन र केशव महाराजले ३–३ विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा दक्षिण अफ्रिकाले ३५४/९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा ७१ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले समग्रमा ४ सय २५ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिका विकेटकिपर काइल भेरेनेले १ सय ८७ बलमा १६ चौका र १ छक्कासहित १ सय ३६ रनमा अविजित रहे । कागिसो रबाडा ४७, वियान मुल्डर ३५ र रास्सी भान डर डुसेन ४५ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथी, म्याट हेनरी, काइल जेमिसन र निल वाग्ररले २–२ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा २ सय ९३ रनमा अल आउट भएको थियो । तल्लोक्रमका ब्याटर कोलिन डि ग्राउन्डहोमले १ सय ५८ बलमा १२ चौका र ३ छक्कासहित १ सय २० रनमा अविजित रहे । डर्याल मिचेल ६०, हेनरी निकोलस ३९ र वाग्ररले २१ रन बनाए । दक्षिण अफ्रिका कागिसो रबाडाले ५ र मार्को ज्यानसनले ४ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका ओपनर सारेल एर्वीले २ सय २१ बलमा १४ चौकासहित १ सय ८ रनमा आउट भए । डिएन एल्गर ४१, एडेन माक्ररम ४२, रास्सी भान डर डुसेन ३५, मार्को ज्यानसन ३७ र केशव महाराज ३६ रनमा आउट भए । न्युजिल्यान्डको निल वाग्ररले सर्वाधिक ४ विकेट लिए । म्याट हेनरीले ३ र काइल जेमिसनले २ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो टेस्टमा २ सय ७६ रनले विजयी भएको थियो । खेलको प्लेयर अफ द म्याच कागिसो रबाडा र प्लेयर अफ द सिरिज न्युजिल्यान्डका म्याट हेनरी भए ।

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको […]

January 27, 2025

बर्खा स्मृति क्रिकेट – गौरादह र कचनकवल क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित […]

January 27, 2025

रूपन्देही ‘ए’ सुपरलिगमा खुकुरीको जित

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि जित निकालेको छ । लुम्बिनी खुकुरीले सोमवार प्रोफेसनललाई १ सय १८ रनको फराकिलो रनमा हराएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो […]

Success

Thank you for your time.