default_image

3 years ago

February 25, 2022

नेपालले विश्वकप खेल्न नसक्नुको प्रमुख पाँच कारण

143 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बन्दै विश्वकप खेल्ने अवसर गुमायो । अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्न नेपालले फाइनलमा स्थान बनाउनु पर्ने थियो । तर नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपको गोल्डेन अवसर गुमायो ।

समूह चरणमा नेपाल अपराजित रहेपनि गर वा मरको सेमिफाइनलमा त्यसलाई निरन्तरता दिन सकेन । यसले नेपाली क्रिकेट तीन चार वर्षपछि धकेलिएको छ । नेपालको प्रतियोगिता अघि बलियो मानिएको ब्याटिङनै सबैभन्दा ठूलो कमजोरी र समस्या बन्यो । कमजोर फिलिपिन्स बाहेक अन्य कुनैपनि खेलमा नेपाली ब्याटरको राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा बढी निर्भर रहेपनि सेमिफाइनलमा त्यो पनि चल्न सकेन । विश्वकपमा पुग्न लक्ष्य १ सय ७६ भएपनि नेपालको लागि विशाल बन्यो । १ सय ७ रनमा अल आउट हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

नेपालले विश्वकप खेल्न नसक्नुमा नेपाल क्रिकेट संघ (क्यान), कप्तान, खेलाडी, प्रशिक्षक, म्यानेजमेन्ट लगायत सबैको कमजोरी छ । जिम्मेवारी सबैले लिनुपर्छ । खेलाडीको प्रदर्शनलाई मात्र दोष दिन भने मिल्दैन । नेपालले विश्वकप खेल्न नसक्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. करण र सोमपाल नहुनु

नेपाल प्रमुख दुई खेलाडी बिनानै टि२० विश्वकप खेल्नुपर्यो । तीव्र गतिका बलर सोमपाल कामी र करण केसी प्रमुख प्रतियोगितामा भएनन् । यी दुई खेलाडी नहुँदा नेपालको तल्लोक्रम ब्याटिङ कमजोर बनेको थियो । तीव्र गतिको बलरमा कमलसिंह ऐरी, अभिनाश बोहरा र जितेन्द्र मुखिया थिए । तर यी तीनै बलर ब्याटिङका लागि चिनिदैनन् । अर्कोतर्फ अनुभवी बलरको पनि कमी रह्यो ।

सोमपाल नेपालको सुरुवाती टोलीमै थिएनन् । करण चोटका कारण चार देश सम्मिलित टि२० आई सिरिजमा रहेपनि नखेली फर्केका थिए । उनको स्थानमा गुलशन झालाई पठाएको थियो । करण र सोमपाल २०१५ देखि लगातार सिनियर टोलीमा रहँदै आएका थिए । बलिङसँगै तल्लोक्रममा ब्याटिङमा राम्रो योगदान दिँदै आएका छन् ।

नेपाली टोलीकै सर्वाधिक आक्रामक हिटर मानिने करण नहुँदा टोलीलाई पनि केहि असर पर्यो । अर्कोतर्फ मध्यक्रमका ज्ञानेन्द्र र दीपेन्द्र खुलेर खेल्न कठिन पर्यो । ज्ञानेन्द्र र दीपेन्द्र आउट हुँदा तल्लोक्रममा अनभवी म्याच विनर खेलाडी थिएनन् । यी दुई खेलाडी नहुँदा नेपालको ब्याटिङ केहि कमजोर बन्न पुगेको थियो ।


४. खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको कमी

नेपाली टोली युवा जोशले भोरिएको थियो । टिममा ज्ञानेन्द्र र जितेन्द्रलाई छाड्ने हो भने अन्य सबै युवा थिए । जितेन्द्र २०१५ पछि नेपाली टोलीमा फर्किएका थिए । ज्ञानेन्द्र आलोचना खेप्दै आएका छन् । दबाब, सेमिफाइनल, खराब सुरुवात वा प्रदर्शनको समयमा अनुभवी खेलाडीले आफ्नो अनभुवको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्नसक्छन् । कठिन समयको थुप्रै पटक सामना गरेका खेलाडीहरु त्यो अवस्थामा सजिलै आफूलाई त्यहिँ अनुसार ढाल्न सक्छन् ।

सेमिफाइनलमा नेपालको ब्याटिङ र बलिङ दुबैमा खराब प्रदर्शन गुर्नको मुख्य कारण अनुभवीको कमी थियो । लोकेश बम, विवेक यादव, आसिफ शेख, कुशल मल्ल, सागर ढकाल लगायत युवा खेलाडीको प्रदर्शन कमजोर हुनुनै अनुभवीको कमी हो । लोकेश, विवेक र सागरले पहिलो पटक सिनियर टोलीमा खेलेका थिए । घरेलु र अन्तर्राष्ट्रिय प्रदर्शनमा धेरै फरक हुन्छ ।

कुशल र आसिफ दुबैसँग टि२० आईको खासै अनुभव थिएन । आयरल्यान्डविरुद्ध १ सय २८ रन बनाउन नसक्नु अनभुवको कमी हो । यस्ता प्रतियोगितामा क्षमतासँगै अनुभव पनि चाहिँन्छ । अपेक्षा गरेका युवा खेलाडी चल्न सकेनन् । यसमा उनीहरुको दोष दिन मिल्दैन । ति खेलाडीलाई क्यानले पहिलानै तयार पार्नुपर्ने थियो । तर नेपाले डेब्यूमै उत्कृष्ट प्रदर्शन चाह्यो । त्यो नेपालको लागि घातक बन्यो ।


३. लगानीको कमी

नेपालको लगानी अनुसार भने खासै आश्चर्य मान्नु भने प्रर्दैन । नेपालले टि२० विश्वकपको लागि खासै लगानी गरेको थिएन । एक महिना प्रशिक्षण र प्रधानमन्त्री कप टि२० प्रतियोगिता चार खेलको भरमा विश्वकप खेल्न पुगेको थियो । तयारी पहिला डिभिजन ५,६ मा हुँदा जस्तो छ । यो तयारीले अव विश्वकप खेल्न सकिदैन । विश्वले क्रिकेटमा धेरै लगानी र तयारी गर्दै फड्को मारि राखेका छन् ।

तर नेपाल घरेलु चार खेलको आधारमा विश्वकप खेल्न गएको थियो । लगानी अनुसारको नै नतिजा आएको हो । नेपालले टि२० विश्वकप लक्षित गर्दै चार पाँच महिना देखि लगातार अभ्यास र तयारी गर्नुपर्ने थियो । नेपालले लगातार अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे जस्ता टेस्ट टोलीसँग खेलेको भए नतिजामा धेरै सुधार हुन सक्थ्यो । खेलाडीले पनि आफ्नो कमजोरी आँकलन गर्दै थप मिहिनेत गर्दथें ।

तर क्यान आर्थिक अभाव देखउँदै लगानी गर्न धुरुक्कै रुन्छ । केहि खेलाडी विश्वकप भन्दा आन्दोलनमा केन्द्रित रहे । प्रतियोगिता मुखैमा कप्तान परिवर्तन गर्यो । बहराइन, जमर्नी र युएईले उच्च प्रदर्शन गर्नुमा उनीहरुको लगानी हो । युएईले पछिल्लो समय टि२० विश्वकप र दुई आइपिएल संस्करण आयोजना गरेको थियो । कमजोर लगानी हारको एक कारण हो । अव यो स्तरमा प्रतिस्पर्धा गर्न एक महिनाको तयारीले पुग्दैन ।

२. कमजोर ब्याटिङ

ब्याटिङ नेपालको सधैं कमजोर हो । तर गतवर्ष नेपालले घरेलु मैदान टियुमा त्रिकोणात्मक टि२० आई सिरिजमा उत्कृष्ट ब्याटिङ गरेको थियो । दोस्रो रोजाईको नेदरल्यान्ड्स र कमजोर मलेसियाविरुद्ध २ सयमाथि सहजै योगफल बनाएपनि यस पटक १ सय १० रन बनाउन संघर्ष गर्यो । दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेललाई छाड्ने हो भने अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । तर सेमिफाइनलमा पनि यी दुबै ब्याटर चल्न सकेनन् । नेपालले कमजोर फिलिपिन्सविरुद्ध २ सय १८ रन हानेको थियो ।

तर हान्नुपर्ने खेलमा १ सय ७५ रन बनाउन नसकेपछि अन्य कमजोर टोलीलाई चार सय रन हानपनि कीर्तिमान बाहेक अन्य केहि उपलब्धी भने हुने छैन । नेपालको जितेका खेलमा पनि ब्याटिङ राम्रो थिएन । नेपालले ओमानलाई १ सय ३५ रनमा रोक्दै सिरिजमा जितेको थियो । समूह चरणमा नेपालले १ सय १७ रन बनाएपनि उत्कृष्ट बलिङको कारण ७८ रनमा अल आउट गर्दै जित हात पारेको थियो । क्यानडालाई ८० रनमा रोक्दै जित हात पारेको थियो । यो भ्रमणमा बलिङमा निर्भर थियो । तर त्यो बलिङलाई पनि युएईका ब्यारले कमजोर बनाइदिए ।


१. योजना कमी

नेपाल विश्वकप खेल्न नसक्नुको मुख्य कारणनै योजनाको कमी हो । नेपालसँग विश्वकप खेल्ने कुनै तयारी र योजना थिएन । नेपालसँग विश्वकप खेल्ने क्षमता छ । तर त्यसको लागि अझैं योग्य देखिएन । नेपाललाई विश्वकप उपलब्धी सामान्य लागेको थियो । त्यसैले डेढ महिना सम्म आफ्नै किचलो र प्रशिक्षक बिहीनको अवस्थामा थियो । वास्तवमा नेपालले टि२० विश्वकपको लागि एक महिना पनि राम्रोसँग खर्चेको थिएन ।

विश्वकप खेल्न एक वर्ष पहिलादेखि योजनाको साथ तयारी गर्नुपर्ने थियो । क्रिकेटमा ब्याटिङक्रम निकै महत्वपूर्ण हुन्छ । ओपनिङ र चौथो नम्बर बाहेक अन्यमा नेपालसँग कसलाई कुन भूमिका खेलाउने ठोस निर्णय थिएन । तेस्रो नम्बरमा कहिलो लोकेश र कहिले ज्ञानेन्द्रलाई खेलायो । तल्लोक्रममा पनि त्यस्तै अवस्था थियो । अर्कोतर्फ एक खेलाडीले खराब प्रदर्शन गर्दा अर्को विकल्प को कहिल्लै सोचेन । त्यसैले स्पिन निकै कमजोर बन्यो । सन्दीप कुनै कारण वस घाइते भएको टोलीमा स्पिन आक्रामण झनै कमजोर बन्न सक्थ्यो ।

दीपेन्द्र घाइते भएको भए त्यो किसिमको अलराउन्डर थिएन । सोमपाल र करण घाइत भए । तर उनको विकल्प तयार थिएनन् । दायाँ बायाँ हाते सन्तुलन कहिले सोचन । आक्रामक ब्याटिङ कस्ले खेल्ने केहि योजना बनाएन । विश्वकपलाई सबैले सामान्य रुपमा लिए । क्यान देखि खेलाडी सम्म सबैले विश्वकप खेल्छौं भनेर दाबी गरे । तर कसरी खेल्ने भनेर योजना कसैले बनाएनन् । युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिनुपर्छ भन्नेर कसैले सोचेनन् । लामो समय देखि योजना बनाएर अघि बढ्न नसक्दा नेपालको विश्वकप खेल्ने सपना अधुरै बन्यो ।

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

Success

Thank you for your time.