3 years ago
February 24, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप छनोट ए को तेस्रो स्थानको लागि आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् ।
नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप २०२२ मा पुग्नबाट बन्चित भएको थियो । ओमान टेस्ट टोली आयरल्यान्डसँग ५६ रनले पराजित हुँदै विश्वकप गुमाएको थियो । नेपाल ओमानलाई लगातार तेस्रो पटक हराउँदै विश्वकप छनोटमा तेस्रो स्थानमा अन्त्य गर्न चाहन्छ । घरेलु टोली ओमान यस अघिका दुई हारको बदला लिँदै तेस्रो स्थानमा अन्त्य गर्ने सोचमा छ । आजको खेल प्रतिष्ठाको लडाईंमात्र भएकोले दुबै टोली बिना दबाब खेल्नेछन् ।
नेपाल समूह बी बाट अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । ओमान समूह बी बाट उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । ओमान पहिलो खेलमा नेपालसँग पराजित भएपनि त्यसपछि फिलिपिन्स र क्यानडा दुबैलाई ९–९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
दुबै टोलीको यस प्रतियोगितामा ब्याटिङ कमजोर देखिएको छ । ओमानले समूह चरणमा १ सय १८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १७ ओभरमा ७८ रनमा अल आउट भएको थियो । नेपालका ओपनर आसिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल र विवेक यादवलाई खुलेर रन बनाउन आवश्यक छ । यी चार ब्याटर ओमान भ्रमणमा चलेका छ्र्रैनन् । ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी उच्च लयमा छन् । यी दुई ब्याटरको प्रर्दशन महत्वपूर्ण हुनेछ । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा तीव्र गतिका हतियार हुन् ।
ओमानका कप्तान जिशान मकसुद, कश्याप प्रजापति र शोएब खान राम्रो प्रदर्शन गर्दै आएका छन् । ओपनर अकिब इलियास बोन ट्युमरको कारण टोली बाहिर हुँदा खराब नतिजा बेहोरेको छ । यस प्रतियोगितामा ओमानका ओपनर जतिन्दर सिंह पनि चल्न सकेका छैनन् । सिंहको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनसक्छ । स्पिनर खबर अली, तीव्र गतिका बलर बिलाल खान र कलिमुल्लाह बलिङ हतियार हुन् ।
उपाधिको लागि आजनै आयरल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुँदैछ । अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा आयरल्यान्ड र युएई छनोट भएका छन् । युएई टेस्ट टोली आयरल्यान्डको कमजोर ब्याटिङको फाइदा उठाउन चाहन्छ । आयरल्यान्ड उपाधिको साथ आफ्नो साख जोगाउन चाहन्छ । पाँचौं र छैटौं स्थानको लागि बहराइन र क्यानडाबीच ११ : ४५ देखि सुरु हुँदैछ । सोहि समयमा जमर्नी र फिलिपिन्स सातौं र आठौं स्थानको लागि भिड्दैछन् ।
नेपाल र ओमानबीच हेड टु हेड :
नेपाल र ओमानबीच तीन टि२० आई खेल भएको छ । नेपाल दुई र ओमान एक खेलमा विजयी भएको छ । २०१९ मा नेपाल ६ विकेटले पराजित हुँदा चार देश सम्मिलित टि२० आईमा ६ विकेट र विश्वकप छनोटमा ३९ रनले विजयी भएको थियो ।
नेपालको टोली –
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार आगामी माघ १ गतेबाट कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । क्यानका अनुसार माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा नौ टोलीको […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]