default_image

3 years ago

February 23, 2022

एपिएफको लगातार दोस्रो जित

189 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । एपिएफले दोस्रो खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ शीर्षस्थानमा छ ।

९० रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा रोमा थापा २९ बलमा ३ चौकासहित २३ रनमा अविजित रहिन् । ममता चौधरी १९ बलमा २ चौकासहित १४ रनमा अविजित रहिन् । ओपनर ज्योति पाण्डे ११, सिता रानामगर ४, इन्दु बर्मा १० र सरिता मगर ९ रनमा आउट भइन् ।

सुदूरपश्चिमकी ईश्वरी विष्टले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान ऋतु कनोजियाको नाममा १ विकेट रह्यो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८९ रनमा अल आउट भयो । सुदूरपश्चिमकी कविता कुँवरले १५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १८ रन बनाइन् । बिन्दु रावल र डली भट्टले ११–११ रन बनाए । ऋतु, कविता जोशी र रुबि पोद्दारले ५–५ र बनाए ।

एपिएफकी सोनु खड्काले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिइन् । सिताले २ र राजमति ऐरीले १ विकेट लिए ।

एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर-११ लाई ५८ रनले हराएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमले शुक्रबार प्रदेश १ सँग खेल्नेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.