3 years ago
February 22, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ ।
नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा पुगेका छन् ।
पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गर्यो । दोस्रो सेमिफाइनलमा आयरल्यान्डले घरेलु टोली ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको ओमान १८.३ ओभरमा ओमान १ सय ९ रनमा अल आउट भयो । ओमानका शोएब खानले २२ बलमा ४ चौकासहित सर्वाधिक ३० रन बनाए । जिशान मकसुदले २५ बलमा ३ चौकासहित २८ रन बनाए ।
आयरल्यान्डका सिमी सिंहले ३.३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जोश लिटिल, क्रेग योंग र एन्डी म्याकबर्नीले २–२ विकेट लिँदै सातौं पटक टि२० विश्वकपमा आफ्नो स्थान पक्का गराए । त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । आयरल्यान्डका ग्यारेथ डेलानीले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।
ह्यारी टेक्टरले २७ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे । तल्लोक्रमका एन्डी म्याकबर्नीले २१ बलमा ३ चौका र २ छक्कासहित महत्वपूर्ण ३६ रन जोडेका थिए । ओमानका बिलाल खानले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए ।
१ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा नेपाल १ सय ७ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३ चौकासहित सर्वाधिक ३८ रन बनाए । युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कप्तान अहमद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन बनाए । १९ वर्षिय विकेटकिपर वृत्य अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भए । नेपालका जितेन्द्र मुखिया र अभिनाश बोहराले ३- ३ विकेट लिए ।
नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनको हारसँगै विश्वकप सपना समाप्त भएकोछ । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । ओमान समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । ओमानले क्यानडा र फिलिपिन्स दुबैलाई ९-९ विकेटले हराएको थियो ।
आयरल्यान्ड समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । आयरल्यान्ड युएईसँग १८ रनले पराजित भएपनि बहराइनलाई २१ रन र जमर्नीलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको थियो । युएईले समूह ए को उपविजेता रुपमा सेमिफाइनल खेलेको हो । युएईले आयरल्यान्ड १८ र जमर्नीलाई २४ रनले हराएको थियो । बहराइनसँग २ रनले पराजित भएपनि नेटरनरेटको आधारमा सेमिफाइनल खेलेको थियो । उपाधिको लागि बिहीबार फाइनलमा आयरल्यान्ड र युएई भिड्नेछन् ।
नेपालको टि२० विश्वकप खेल्ने सपना समाप्त
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]