default_image

2 years ago

February 22, 2022

आयरल्यान्ड र युएई टि२० विश्वकपमा

115 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गर्यो । दोस्रो सेमिफाइनलमा आयरल्यान्डले घरेलु टोली ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरे । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको ओमान १८.३ ओभरमा ओमान १ सय ९ रनमा अल आउट भयो । ओमानका शोएब खानले २२ बलमा ४ चौकासहित सर्वाधिक ३० रन बनाए ।

जिशान मकसुदले २५ बलमा ३ चौकासहित २८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डका सिमी सिंहले ३.३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जोश लिटिल, क्रेग योंग र एन्डी म्याकबर्नीले २–२ विकेट लिँदै सातौं पटक टि२० विश्वकपमा आफ्नो स्थान पक्का गराए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । आयरल्यान्डका ग्यारेथ डेलानीले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए । ह्यारी टेक्टरले २७ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे । एक समय २.५ ओभरमा १९–२ को अवस्थामा टेक्टर र डेलानीले ८० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

तल्लोक्रमका एन्डी म्याकबर्नीले २१ बलमा ३ चौका र २ छक्कासहित महत्वपूर्ण ३६ रन जोडेका थिए । ओपनर पाउल स्टर्लिङ ६ र कप्तान एन्डी बालबर्नी १२ रनमा आउट भए । ओमानका बिलाल खानले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाहले २, फैज बट र खबर अलीले १–१ विकेट लिए ।

१ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा नेपाल १ सय ७ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३ चौकासहित सर्वाधिक ३८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । स्पिनर अहमद राजा र जुनैद सिद्दिकले उच्च बलिङका साथ विश्वकपमा स्थान पक्का गरे । युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कप्तान अहमद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन बनाए । १९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए ।

नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । ओमान समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । ओमानले क्यानडा र फिलिपिन्स दुबैलाई ९-९ विकेटले हराएको थियो ।

आयरल्यान्ड समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । आयरल्यान्ड युएईसँग १८ रनले पराजित भएपनि बहराइनलाई २१ रन र जमर्नीलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको थियो । युएईले आयरल्यान्ड १८ र जमर्नीलाई २४ रनले हराएको थियो । बहराइनसँग २ रनले पराजित भएपनि नेटरनरेटको आधारमा सेमिफाइनल खेलेको थियो ।

पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले हराउँदै दोस्रो पटक टि२० विश्वकपमा पुगेको छ । उपाधिको लागि बिहीबार फाइनलमा आयरल्यान्ड र युएई भिड्नेछन् ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.