default_image

3 years ago

February 22, 2022

नेपालको टि२० विश्वकप खेल्ने सपना समाप्त

140 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाल आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

युएईले नेपाललाई ६८ रनले हराउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युएई दोस्रो पटक टि२० विश्वकपमा पुगेको हो । युएईले २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेलेको थियो । १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३ चौकासहित सर्वाधिक ३८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । स्पिनर अहमद राजा र जुनैद सिद्दिकले उच्च बलिङका साथ विश्वकपमा स्थान पक्का गरे ।

तीव्र गतिका बलर जुनैद सिद्दिकले पहिलो ओभरको चौथो बलमा आसिफ शेखलाई शून्यमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा एज लागेर प्वाइन्टमा मोहम्मद वासिमबाट गोल्डेन डक आउट हुन पुगे । पहिलो ओभरमै लगातार विकेट गुमाएपछि नेपाल सुरुवातमै समस्यामा परेको थियो । जुनैदको तेस्रो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर वृत्य अरविन्दबाट ७ रनमा क्याच आउट भएपछि नेपाल जित कठिन बनेको थियो ।


आरिफ शेख १२ बलमा १ चौकासहित ११ रनमा आउट भए । स्पिनर अहमद राजाको १३ औं ओभरको चौथो बलमा ज्ञानेन्द्र मल्ल वासिमबाट २० रनमा क्याच आउट भए । उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा दीपेन्द्र ३८ रनमा एलबीडब्लू आउट भएसँगै नेपालको विश्वकप सपना समाप्त भएको थियो ।

सन्दीप लामिछाने ४, विवेक यादव ८ र कमलसिंह ऐरी ४ रनमा आउट भए । युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कप्तान अहमद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन बनाए । १९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भए । वासिमले कमलसिंह ऐरीलाई मिड विकेटमा सानदार छक्कासाथ ३२ बलमा अर्धशतक पूरा गरे ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । तर सुरी आउट भएपछि क्रिजमा आएका अरविन्दले क्रिजमा चौका र छक्का वर्षात गराउँदै युएईलाई उत्कृष्ट सुरुवात दिलाए ।

अरविन्द सन्दीप लामिछानेको आठौं ओभरको तेस्रो बलमा बोल्ड आउट भएपछि अर्धशतकबाट चुकेका थिए । अरविन्द आउट भएपछि वासिमले आक्रामक ब्याटिङ थालेका थिए । दोस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो विकेटका लागि मोहम्मद उस्मान र वासिमले ६४ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको हो ।

अभिनाशले १७ औं ओभरमा नेपाललाई दुई महत्वपूर्ण सफलता दिलाए । पहिलो बलमा ठूलो सट खेलेका उस्मान १७ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए । त्यसअघि ज्ञानेन्द्र मल्लले ७ र जितेन्द्र मुखियाले १० रनम क्याच आउट गराए । अन्तिम बलमा ठूलो सट खेलेका वासिम डीप एक्स्ट्रा कभरमा आरिफ शेखबाट क्याच भएपछि नेपाल खेलमा फर्किने संकेत देखाएको थियो ।

अर्को ओभरमा जितेन्द्रले विवेक यादवबाट बासिल हमिदलाई २ रनमा क्याच आउट गराए । जितेन्द्रको अन्तिम बलमा डिप मिडविकेटमा ज्ञानेन्द्रले उत्कृष्ट क्याचका साथ जवार फरिदलाई ११ रनमा क्याच गराए । उनले ४ बलमा १ चौका र १ छक्का प्रहार गरे । अन्तिम समयमा युएईले ७ बलमा ५ रन जोड्न ३ विकेट गुमाएको थियो । रोहन मुस्तफा ९ र अहमद राजा ६ रनमा अविजित रहे ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । पहिलो १० ओभरमा २ विकेट गुमाउँदै ८४ रन जोडेको युएईले बाँकी १० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । नेपालले तेस्रो स्थानको लागि दोस्रो सेमिफाइनलमा आयरल्यान्ड र ओमानबीच पराजित हुने टोलीसँग खेल्नेछ । फाइनल विहीबार हुनेछ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.