default_image

3 years ago

February 22, 2022

ज्ञानेन्द्र र दीपेन्द्र लगातार आउटसँगै नेपालको जित कठिन

155 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल युएईले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा छैटौं विकेट गुमाएको छ ।

अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ६ विकेट गुमाउँदै ८८ रन बनाएको छ । तीव्र गतिका बलर जुनैद सिद्दिकले पहिलो ओभरको चौथो बलमा आसिफ शेखलाई शून्यमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा एज लागेर प्वाइन्टमा मोहम्मद वासिमबाट गोल्डेन डक आउट क्याचपछि नेपालले खराब सुरुवात गरेको हो ।

जुनैदको तेस्रो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर वृत्य अरविन्दबाट ७ रनमा क्याच आउट भएपछि नेपाल संकटमा परेको परेको थियो । आरिफ शेख १२ बलमा १ चौकासहित ११ रनमा आउट भए । स्पिनर अहमद राजाको १३ औं ओभरको चौथो बलमा ज्ञानेन्द्र मल्ल वासिमबाट २० रनमा क्याच आउट भए । उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा दीपेन्द्र ३८ रनमा एलबीडब्लू आउट भए । ३८ बलमा दीपेन्द्रले ३ चौका प्रहार गरे । क्रिजमा सन्दीप लामिछाने र विवेक यादव छन् ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन बनाए । १९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भए । नेपालका जितेन्द्र मुखियाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए ।

December 19, 2024

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

Success

Thank you for your time.