default_image

3 years ago

February 22, 2022

विष्फोटक ब्याटिङ गरेका अरविन्द आउट

201 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युएईका १९ वर्षिय युवा विकेटकिपर वृत्य अरविन्दले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध विष्फोटक ब्याटिङका साथ आउट भएका छन् ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ८ ओभरमा २ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।
१९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भएका छन् ।

मोहम्मद वासिम १८ बलमा २ छक्कासहित २१ रनमा अविजित छन् । उनलाई मोहम्मद उस्मानले साथ दिनेछन् । दोस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ रनको उत्कृष्ट साझेदारी गर्दै आउट भए । तीव्र गतिका बलर जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए ।

तर सुरी आउट भएपछि क्रिजमा आएका अरविन्दले क्रिजमा चौका र छक्का वर्षात गराउँदै युएईलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । यसअघि उनले टेस्ट टोली आयरल्यन्डलाई हराउन अरविन्द्रले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ खेलेका थिए । बहराइनलाई हराउन उनले ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए । अरविन्द सन्दीप लामिछानेको आठौं ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.