default_image

3 years ago

February 22, 2022

यी हुन् नेपालले फाइदा उठाउनु पर्ने युएईका पाँच कमजोरी

116 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा सुरु हुनेछ । विजेता टोली आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । दुबै टोली सेमिफाइनलमा जितका साथ विश्वकप खेल्ने सोचमा साथ मैदान प्रवेश गर्नेछन् ।

युवा खेलाडीले भरिभराउ नेपाल युएईलाई हराउँदै दोस्रो पटक टि२० विश्वकपमा स्थान पक्का गर्ने सोचमा छ । नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप खेलेको थियो । त्यसपछि विश्वकपमा पुग्न सकेको छैन । समूह बी बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल विश्वकप खेल्नबाट एक जित मात्र टाढा छ ।

चार देश सम्मिलित टि२० आई सिरिजमा नेपाललाई २५ रनले हराएको हुँदा युएईको मनोबल उच्च हुनसक्छ । सोमबार बहराइनसँगको दुई रनको हारेको त्यतिनै दबाब थपेको र सचेत बनाएको छ । कुनैपनि टोलीलाई हराउन त्यसको कमजोरीको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ । नेपाल टि२० विश्वकप खेल्न सेमिफाइनलमा युएईको कमजोरीमा बढी हाबी हुनुपर्छ । चार देश सम्मिलित टि२० आई सिरिज र विश्वकप छनोटको प्रदर्शन हेर्दा युएईका पाँच मुख्य कमजोरी यस प्रकार छन् । जसको फाइदा उठाउन सके नेपाल सहज जितका साथ विश्वकपमा पुग्न सक्छ ।


१. पावर प्लेमा कमजोर बलिङ आक्रामण

जितको लागि राम्रो सुरुवात चाहिन्छ । सामान्य लक्ष्य होस् वा विशाल । तर युएईको पावर प्लेमा बलिङ आक्रामण कमजोर छ । बहराइनविरुद्ध पावर प्ले (सुरुवाती ६ ओभर) मा ३९ रन खर्चेर १ विकेट र जमर्नीविरुद्ध ४४ रन खर्चेर १ विकेट लिएको थियो । आयरल्यान्डविरुद्ध युएईले पावर प्लेमा ५० रन खर्चिदा कुनै विकेट लिन सकेन । तर मध्यक्रम र तल्लोक्रमका बलरले राम्रो प्रदर्शन गरेपछि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

टि२० आई सिरिजमा नेपालले पावर प्लेमा ५३ रन बनाउँदै १ विकेट गुमाएको थियो । पावर प्लेमा राम्रो सुरुवात पाउँदा मध्यक्रम र तल्लोक्रमका ब्याटर स्वतन्त्र रुपमा आफ्नो शैलीको खेल खेल्दै विशाल योगफल बनाउन र पूरा गर्नसक्छन् ।

युएईका बलरले मध्यक्रम र डेथ ओभरमा राम्रो बलिङ गरेपनि नयाँ बलका साथ पावर प्लेमा राम्रो बलिङ गर्न सकेका छैनन् । नेपालका ओपनर र शीर्षक्रमका ब्याटरले त्यसको फाइदा उठाउँदै राम्रो सुरुवात दिनुपर्छ ।

४.फिल्डिङमा कमजोर


युएईका खेलाडीको फिल्डिङ भने कमजोर रहँदै आएको छ । नेपालले त्यसको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ । युएईका केहि खेलाडीको फिटनेश पनि त्यति राम्रो छैन । कमजोर फिल्डिङको फाइदा उठाउँदै नेपालले डबल सिंगल रनमा पनि जोड दिनुपर्छ । एउटा फिल्डिङ मिस र क्याच ड्रपले पनि धेरै फरक पार्नसक्छ ।


३. कमजोर बलिङ आक्रामण

युएईले सिरिज र छनोटमा कुनैपनि टोलीलाई अल आउट गर्न सकेको छैन । बहराइनले ५ विकेट गुमाउँदै १ सय ७२ रन र जमर्नीले १ सय ९२ रनको लक्ष्य पछ्याउनेक्रममा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । सिरिजमा १ सय ६५ रनको लक्ष्य ओमानले ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

युएईका तीव्र गतिका बलर यस प्रतियोगितामा खासै सफल हुन सकेका छैनन् । सर्वाधिक विकेट कासिफ दाउदले लिएका छन् । उनले ३ खेलमा ५ विकेट लिएका छन् । जहुर खानले २ र जुनैद सिद्दिकले ३ विकेट लिएका छन् । तीव्र गतिका बलरमा जोखिम लिन आवश्यक देखिन्छ । स्पिनर रोहन मुस्तफा र कार्तिक मयप्पानले ४–४ विकेट लिएका छन् । तुलनात्मक रुपमा युएईको बलिङ कमजोर देखिन्छ । तर नेपालले ओमानलाई ७८ र क्यानडालाई ८० रनमा अल आउट गरेको थियो ।

२. लक्ष्य पछ्याउँदा कमजोर

युएई लक्ष्य पछ्याउँदा कमजोर मानिएको छ । पछिल्ला ६ टि२० आई खेलमा युएई पहिला पाँच खेलमा ब्याटिङ गर्दा चार खेलमा जित निकोलेको छ । आयरल्यान्डलाई दुबै खेलमा पहिला ब्याटिङ गर्दै जितेको थियो । नेपालविरुद्ध पहिला ब्यााटिङ गर्दै ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाउँदै २५ रनले विजयी भएको थियो ।

आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ७८ रन बनाउँदा आयरल्यान्डलाई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रनमा रोकेको थियो । पहिलो पटक लक्ष्य बहराइनविरुद्ध १ सय ७३ रनको लक्ष्य पछ्याउँदा दुई रनले पराजित हुनपुग्यो । जमर्नीसँग पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।

विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउँदै १८ रनको जित पक्का गरेको थियो । ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएपनि बचाउन सकेको थिएन । पहिला ब्याटिङ गरेर हारेको युएईले ओमानविरुद्धनै हो ।

युएईले पहिला ब्याटिङ गर्दै स्कोरबोर्डको दबाबको भरपूर्ण फाइदा उठाउँदै आएको छ । आजको खेलमा सेमिफाइनल र स्कोरबोर्ड दुबैको अतिरिक्त दबाब हुनेछ । सधैं टस युएईको पक्षमा जादैन । नेपालले पहिला ब्याटिङ गर्दै बलियो लक्ष्य पछ्याउनु परेको खण्डमा युएई पराजित हुनसक्छ ।


१. शीर्षक्रमका ब्याटरमा बढी निर्भर

युएईको ब्याटिङ शीर्षक्रमका तीन ब्याटरमा बढी निर्भर छ । ओपनर चिराग सुरी, मोहम्मद वासिम र वृत्य अरविन्दको विकेटले निकै महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ । आयरल्यान्डविरुद्ध अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ खेलेका थिए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो थिएन । मोहम्मद वासिम ७, सुरी शून्य र रोहन मुस्तफा ९ रनमा आउट भएका थिए । उक्त खेलमा अन्य ६ ब्याटरले ४४ रन मात्र बनाएका थिए ।

बहराइनविरुद्ध अरविन्दले ८४ रनको अविजित इनिङ खेले । अन्य ६ ब्याटरले ७६ रन बनाएका थिए । त्यसमा पनि मुस्तफाको मात्र ४१ रन थियो । जमनीविरुद्ध सुरीले ८१, वासिमले ५० र वृत्यले ४० रन बनाएका थिए । १ सय ९१ रन मध्य यी तीन ब्याटरले मात्र १ सय ७१ रन जोडेका थिए । यस प्रतियोगितामा अरविन्दले ३ खेलमा २ सय २१, सुरीले १ सय ७ र वासिमले ५९ रन बनाएका छन् ।

मुस्ताफाले ५० रन बनाउँदा अन्यको प्रदर्शन राम्रो छैन । युएईले तीन खेलमा ६० ओभर खेल्दै १६ विकेट गुमाएर कुल ५ सय १८ रन बनाएको छ । त्यसमा सुरी, वासिम र वृत्य मिलेर ३ सय ८७ रन बनाएका छन् । युएईको मध्यक्रम र तल्लोक्रम कमजोर छ । त्यसको फाइदा नेपाली बलरले उठाउनु पर्छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.