3 years ago
February 21, 2022
मस्कट (हाम्रो खेलुकद) – क्यानडाले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा ओपनर आसिफ शेख र कुशल मल्ललाई गुमाएको छ ।
८१ रनको विजयी लक्ष्य लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २४ रन बनाएको छ । ओपनर आसिफ शेखलाई चौथो ओभरको अन्तिम बलमा सलमान नजारले १६ रनमा एलबीडब्लू आउट गरे । १६ बल खेलेका आसिफले १ चौका र १ छक्का प्रहार गरे । अर्को ओभरमा कुशल मल्ल कलिम सनाको बलमा गोल्डेन डक बोल्ड आउट भए । क्रिजमा कुशल भुर्तेल ६ र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन् ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो । क्यानडा का १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रनमा आउट भए ।
एक समय राम्रो सुरुवात गरेको क्यानडा ४.२ ओभरमा ३५–१ को अवस्थामा रहेको क्यानडाले बाँकी ९ विकेट मात्र १३ रनमा गुमाएपछि १०।१ ओभरमा ४८–९ को दयनिय अवस्थामा पुगेको थियो । अन्तिम विकेटका लागि डिलन र सलमान नजारले ३२ रनको साझेदारी गरेका थिए । सलमान १० रनमा आउट भए ।
सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो । नेपाल यो जितसँगै शीर्ष स्थानमा रहेर समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]