3 years ago
February 18, 2022
मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सले डेब्यू खेलमै विश्व कीर्तिमानी शतक प्रहार गरेपछि क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै समूह बी मा क्यानडा २ अंकका साथ शीर्ष स्थानमा छ ।
२ सय १६ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो । फिलिपिन्सका ड्यानियल स्मिथले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाए । कपिल कुमार ४४ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए । बिमल कुमार २० बलमा १५ रनमा अविजित रहे । क्यानडाका कलिम सना र साद बिन जाफरले २-२ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । क्यानडका ओपनर म्याथ्यू स्पोर्सले ६६ बलमा १४ चौका र ३ छक्कासहित १ सय ८ रनको कीर्तिमानी शतकीय इनिङ खेले । उनी टि२० आई डेब्यू खेलमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
अष्ट्रेलियाको घरेलु क्रिकेटबाट निखारिएका म्याथ्यूले सर्बियाका लेस्ली डनबारले बुल्गारियाविरुद्ध र क्यानडाकानै रविन्द्रपाल सिंहले क्यानम्यान आइसल्यान्डविरुद्ध बनाएको समान १ सय ४ रनको कीर्तिमान तोडेका हुन् । यी दुबैले २०१९ मा डेब्यू गर्दै उक्त रन बनाएका हुन् । टि२० आई डेब्यूमा शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।
उनी क्यानडाबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि क्यानडाबाट टि२० आईमा रयान खान पठानले पनमाविरुद्ध १ सय ७ रनको अविजित शतकीय इनिङ खेलेका थिए । क्यानडाबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत हुन् ।
म्याथ्यूले वेस्टन अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनीले २०१९ मा क्रिकेट अष्ट्रेलिया ११ बाट पाकिस्तानविरुद्ध पर्थबाट टुडे अभ्यास खेल समेत खेलेका थिए । उनले अष्ट्रेलिया यू१९ टोलीबाट पनि खेलि सकेका छन् ।
क्यानडालाई पहिलो विकेटका लागि रयान पठान र म्याथ्यू स्पोर्सले १५.१ मा १ सय ४९ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । पठान ४४ बलमा ९ चौका र २ छक्कासहित ७३ रनमा आउट भए । कप्तान नवनित धलिवाल ११ बलमा ३ छक्कासहित २६ रनमा अविजित रहे ।
फिलिपिन्सका हुजाफा मोहम्मदले एक विकेट लिए । विश्वकप छनोटमा समूह बी मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को खेलमा नेपालले ओमानलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
क्यानडाले शनिबार ओमानसँग खेल्नेछ । नेपालसँग ३९ रनले पराजित भएको ओमानलाई उक्त खेल जित्नै पर्ने हुन्छ । क्यानडाले शनिबार ओमानलाई हराएमा सेमिफाइनल पक्का गर्नेछ । सोमबार क्यानडा र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
समूह बी मा क्यानडा र नेपाल दुबै २-२ अंक छ । नेट रनरेटको आधाारमा क्यानडा शीर्ष स्थानमा छ । समूह ए मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन छन् । फाइनलपुग्ने दुई टोलीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]