default_image

3 years ago

February 16, 2022

पुरनको अर्धशतकमा भारतलाई मध्यम लक्ष्य

107 views

0 Bookmark

एजेन्सी – युवा विकेटकिपर निकोलस पुरनको अर्धशतकको सहयोगमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

वेस्टइन्डिजका पुरनले ४३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । काइल मेयर्सले २४ बलमा ७ चौकासहित ३१ रनमा एलबीडब्लू आउट भए ।

कप्तान काइरन पोलार्ड १९ बलमा २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । ओपनर ब्रेन्डन किंग भुवनेश्वर कुमारको पहिलो ओभरको पाँचौं बलमा सूर्यकुमार यादवबाट ४ रनमा आउट भए ।

दोस्रो विकेटका लागि पुरन र मेयर्सले ४७ रनको साझेदारी गरेका थिए । मेयर्स स्पिनर युजभेन्द्र चहलको बलमा एलबीडब्लू आउट भए । डेब्यू खेल खेलेका स्पिनर रवि विश्रोईले ११ औं ओभरको दोस्रो बलमा रोस्टन चेशलाई ४ रनमा एलबीडब्लू आउट गरे । तीन बलपछि रोभम्यान पावेललाई २ रनमा क्याच गराए ।

पुरन हर्षल पटेलको बलमा ठूलो सट खेल्ने धुनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । भारतका लेग स्पिनर रवि विश्रोईले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]

Success

Thank you for your time.