8 years ago
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो ।
सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र ३९ रन बनाएका थिए । चौथो विकेटको लागि क्रीजमा आएकी रुमनाले ९ बलमा १७ रनको आक्रमक पारी खेलेकी थिइन । नेपालको लागि संगीता राईले २ तथा रुबिना र सिताले १-१ विकेट लिएकी थिईन ।
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]
January 19, 2025
हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]
January 19, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]