default_image

3 years ago

February 16, 2022

‘भाइसँग विश्वकप छनोट खेल्न पाउँदा खुसी छु’ – आरिफ

255 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर आरिफ शेखले विकेटकिपर भाइ आसिफसँगै देशको लागि खेल्न पाउँदा खुसी लागेको बताएका छन् । शेख दाजुभाइ ओमानमा चार देश सम्मिलित टि२० आई सिरिजको नेपालका लागि सँगै खेल्दै राम्रो प्रर्दशन गरे ।

शुक्रबारदेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटको लागि पनि दुवै टोलीमा सँगै छन् । दुवैले पछिल्लो समय नेपाली टोलीका प्रमुख खेलाडीको रुपमा स्थान बनाएका छन् । आसिफले विकेटकिपरसँगै शीर्षक्रममा राम्रो प्रदर्शन गर्दै आएका छन् । आसिफले मध्यक्रममा ब्याटिङ तथा आवश्यक पर्दा मध्यगतिमा बलिङ गर्दै आएका छन् ।

आरिफले छनोटमा दाजुभाइ खेल्न पाउँदा धेरै खुशी लाग्ने बताए । ‘सानैदेखि सँगै खेलेको भाइ विश्वकप छनोटमा एकसाथ खेल्दा एकदमै खुसी लाग्छ । उ पनि टिमको लागि राम्रो गर्दैछ । म पनि टोलीमा पूनरागमन गरेको छु । टिमको लागि राम्रो गर्न पाउँ’, आरिफले भने ।

आसिफको करिअरको सुरुवातदेखि नै दाजु आरिफको भूमिका महत्त्वपूर्ण रहेको छ । भाइको मिहिनेतले आज यो स्थानमा दुवै आउन सफल रहेको आरिफले बताए । ‘स्कुल स्तरदेखिनै हामी सँगै खेल्दै आएका हौं । मैले जहिले पनि उसलाई भन्थे मिहिनेत गर मिहिनेत गरि राख । जहिलो पनि उ असफल हुँदा मसँग कुरा गर्दथ्यो । म किन खेल्न सकेको छैन । हामी कुरा गथ्र्यौ । मैले सुझावहरु दिन्थें’, आरिफले भाइसँगको पहिला खेल्दाको अनुभव सुनाए ।

‘बसेर सँगै खेल्दा र हेर्दा राम्रो महसुस हुन्छ । ओपनिङमा राम्रो सुरुवात दिँदै आएको छ । यसलाई निरन्तरता दिन सकोस्’, आरिफले भने ।

यूएईविरुद्ध खेलमा आरिफको बलमा आसिफले एक उत्कृष्ट स्टम्पिङ गरेका थिए । चिराग सुरी र रोहन मुस्तफाले दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दा आरिफले १४ औं ओभरको तेस्रोबलमा आसिफबाट उत्कृष्ट स्टम्पिङ गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

त्यसबेलाको क्षण याद गर्दै आरीले भने, ‘त्यसबेला दाइ भाइको महसुस भएको थिएन । त्यसबेला उ टिमको विकेटकिपर थियो । भाग्यवश पहिलो खेलमा पनि उसले नै मेरो बलिङमा क्याच समात्यो र दोस्रो खेलमा स्टम्पिङ गर्यो । खुशी लाग्यो’, उनले त्यस क्षणबारे भने । पहिलो खेलमा ओमानसँग आरिफले ओमानका प्रमुख ओपनर जतिन्दरसिंहलाई आसिफबाट क्याच गराउँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

आरिफले प्रतियोगिताको तयारी राम्रो भइरहेको अभिव्यक्ति दिए । ‘मलाई लाग्छ विश्वकप छनोटको लागि हामी सबैजना तयार छौं । छनोट प्रतियोगिताको लागि राम्रो तयारी गरेका छौं । आफ्नो भूमिका जे थियो त्यो पूरा गरेका छौं । प्रतियोगिताको लागि सबै जना तयारी छौं’, उनले भने ।

आरिफले ओमान टि२० सिरिज अन्तर्गत दुवै खेलमा बलिङ गर्दै नेपाललाई महत्त्वपूर्ण साझेदारी तोड्न मदत गरेका थिए । उनले आफ्नो भूमिकालाई लिएर दुविधा नरहेको बताए । ‘मेरो भूमिका प्रायजसो मध्यक्रममा खेल्ने हुन्छ । तर अवस्था अनुसार फरक फरक भूमिका पनि दिनु भएको छ’, उनले भने ।

आरिफ राष्ट्रिय टोलीमा आउँदा प्रशिक्षक पुबुदु दासानायके नै नेपालको जिम्मेवारीमा थिए । फेरी एकपटक उनी प्रशिक्षक बन्नु नेपालको लागि राम्रो रहेको उनको बुझाइ छ । ‘मलाई लाग्छ पुबुदु सर मुख्य प्रशिक्षकमा आउँदा हामी एकदमै भाग्यमानी छौं । यसको हामीलाई फाइदा पहिला पनि विश्वकप खेलिसकेका छौं । फेरि पनि काम गर्न पाउँदा खुशी छौं, आरिफले भने ।

ओमानविरुद्ध खेलका लागि टोलीले पुराना खेल हेरेर योजना बनाउने उनले बताए । ‘हामीले यसलाई एउटा अर्को खेलको रुपमा हेरेका छौं । पर्सी ओमानसँग खेल्नेछौं । पहिला पनि खेलिसकेका छौं । त्यसको लागि योजना बनाउनेछौं,’ उनले भने ।

ओमानमा पछिल्लो वर्ष लिग २ र भर्खरको सिरिज खेल्नुले फाइदा पुग्ने विश्वास आरिफको छ । ‘धेरै जसो खेलाडीहरुले यहाँ खेलेका छौं । धेरै खेलाडीको यो तेस्रो भ्रमण हो । यसले गर्दा सजिलो हुन्छ होला’, छनोटबारे आरिफ भने । विश्वकप खेल्ने टिमको लागि एउटा गोल्डेन अवसर रहेको आरिफले बताए । नेपालले विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार ओमानसँग खेल्नेछ ।

यो पनि :शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.