default_image

3 years ago

February 15, 2022

विश्वकप छनोट खेल्ने टोली घोषणा, कुशल बाहिरिए

280 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले शुक्रबार देखि ओमानमा सुरु हुने आइसिसी टि२० विश्वकप ग्लाबोल छनोट ए खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा रहेका १७ खेलाडीबाट कुशल मल्ल सहित तीन खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली घोषणा गरेको हो ।


घोषणा टोलीमा युवा स्टार अलराउन्डर कुशल मल्ल, ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलम भने बाहिर रहेका छन् । ओमान भ्रमणमा रहेका तीव्र गतिका बलर करण केसी चोटका कारण बाहिरिएका छन् । उनको स्थान लिएका गुलशन झा भने १४ सदस्य टोलीमा छन् । गुलशन पहिलो पटक टि२० आईमा परेका हुन् ।

कुशल मल्लले सिरिजमा अन्तिम खेल खेलेका थिए । उक्त खेलमा कुशलले १६ बलमा ९ रन बनाएका थिए । कुशल मल्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । ओडिआई र टि२० आईमा अर्धशतक बनाउने कुशल मल्ल विश्वकै कान्छा खेलाडी हुन् । बायाँ हाते एक मात्र ब्याटर कुशललाई बाहिर राख्दा शरद भेषावकर र ज्ञानेन्द्र मल्ल दुबैलाई अन्तिम १४ मा समेटेको छ । कुशल युवा पुस्ताका आक्रामक ब्याटर हुन् ।

टि२० विशेष खेलाडी नमानिने यी दुबै खेलाडीको प्रदर्शन सिरिजमा निकै कमजोर थियो । ज्ञानेन्द्रले ३ खेलमा ४७ बल खेल्दा २ चौका र १ छक्कासहित मात्र ४० रन बनाएका थिए । शरदले ३ खेलमा १५ बल खेल्दा १५ रन बनाएका थिए । नेपालले युएई र आयरल्यान्डसँग हार्नुमा मध्यक्रममा शरद र ज्ञानेन्द्र दुबैको कमजोर प्रदर्शन एक कारण थियो । तर शरद र ज्ञानेन्द्र दुबैलाई नेपालले अन्तिम १४ मा समेटेको छ । यता बायाँ हाते साहब आमले युएईसँग २ ओभरमा ३५ रन खर्चेका थिए । प्रदीप ऐरीले पहिलो खेलमा १४ बल खेलेर ४ रन बनाएका थिए ।

 नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानलाई ६ विकेटले हराउँदा युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । नेपाल सेमिफाइनल हुँदै फाइनल पुग्ने सके आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छ । नेपालको समूह बी मा ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह ए मा बहराइन, आयरल्यान्ड, युएई र जमर्नी छन् । शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा

वैकल्पिक : कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी

टिम व्यवस्थापक – सुमनराज कार्की

मुख्य प्रशिक्षक – पुबुदु दासानायिके

फिजियो – विक्रम न्यौपाने

बलिङ प्रशिक्षक – धाम्मिका प्रसाद

टेक्निकल एनालिष्ट – रमण शिवाकोटी

टि२० विश्वकप छनोट नेपालको खेल तालिका

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३ः ४५

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

September 22, 2024

अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो । जेमी स्मिथले ६१ बलमा ४९, […]

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

Success

Thank you for your time.