3 years ago
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय सिनियर टोलीबाट कप्तान सन्दीप लामिछाने बाहेक अन्य स्पिनरको प्रदर्शन राम्रो छैन । ओमानमा रहेको नेपाली क्रिकेट टोलीले चार देश सम्मिलित टि२० आई सिरिजमा पनि सन्दीपको भरपर्दो जोडी नपाउँदा केहि समस्यामा छ ।
ओमानमा सम्पन्न सिरिजको पहिलो खेलमै नेपालले सागर ढकाललाई ओमानविरुद्ध डेब्यू दिएको थियो । उनले उक्त खेलमा ३ ओभरमा ३६ रन खर्चिए । दोस्रो खेलमा सागरलाई बेन्चमा राख्दै साहब आलमलाई मौका दियो । साहबले २ ओभरमा ३५ रन खर्चेपछि दुबै युवा स्पिनरमाथि नेपालले थप विश्वास देखाउन नसक्दा मौका दिएन । त्यसैले तेस्रो खेलमा नेपाल प्रमुख स्पिनरको रुपमा सन्दीपको साथ खेलेको थियो ।
नेपाली क्रिकेट टोलीका पूर्व सफल स्पिनर शक्ति गौचनले नेपालको स्पिन बलरको स्तर खस्केको भन्न नमिल्ने बताएका छन् । झण्डै दुई दशक नेपाली क्रिकेटबाट खेलेका सफल स्पिनर शक्ति गौचनले युवा खेलाडीहरुमा अनुभवको कमी बताउँछन् ।
‘खस्केको जस्तो मलाई लाग्दैन । सन्दीप छ । अन्यमा पनि अनुभवको कमी मात्रै हो । जति धेरै खेल खेल्दै जाने हो त्यतिनै सिकिंदै जान्छ । हामी जुन लेभलमा पुगेका थियौं, त्यो समय ६–७ वर्ष क्रिकेट खेलेका थियौं’, गौचनले स्पिन खस्केको हो भन्ने प्रश्नमा भने ।
त्यसैमा उनले थपे, ‘चाहे त्यो साहब आलम होस् वा सागर ढकाल, वा कुशल मल्लको कुरा गरौं । उनीहरु राष्ट्रिय टोली वरपर खेल्न लागेको भर्खर एक वर्ष त भएको छ । त्यसैले उनीहरुलाई विकास गर्नुपर्छ ।’
लगातार साथ दिएर हौसला बढाए मात्र निरन्तर राम्रो प्रदर्शन अपेक्षा गर्न सकिने गौचनको बुझाइ छ । ‘हामीले उनीहरुलाई तयार पार्नुपर्यो । साथ दिन पर्यो । एक वा दुई खेल खेलेर राम्रो गरेन भन्दैमा नराम्रो भन्न मिल्दैन । त्यसले गर्दा हामीले तिनीहरुलाई ब्याक गर्न पर्यो । समय छ । युवाहरु छन् । उनिहरुलाई विश्वास जिताउन पर्यो । मलाई कप्तान र प्रशिक्षकले ब्याक गर्दछन् जस्तो लाग्छ’, गौचनले भने ।
‘मलाई स्पिनरको स्तर खस्केको जस्तो लाग्दैन । अनुभवको कमी अलिकति देखिन्छ होला । तर खस्केको भन्न मिल्दैन’, उनले थपे, ‘साहबले पाँच वटा खेल कटाएको छैन । कुशल बलर होईन, उसको मुख्य ब्याटिङ हो । बलिङको विकल्प मात्र हो । सागर अस्ति भर्खर डेब्यू गरेको हो । डेब्यूमा ३ ओभरमा ३५ रन खाइदियो । त्यसैले गर्दा यिनीहरुलाई ब्याक गर्न पर्यो, ‘उनले त्यतिकैमा ठट्याली पारामा हाँस्दै भने, ‘कि त या हामी खेल्न पर्यो ।’
‘भेरियसनहरु धेरै भन्दा धेरै विकास गर्न पर्यो । टेक्निल लगायत धेरै कुराहरु हुन्छ । भेरियसनमा अलिकति कम्प्याक्ट ल्याउन पर्यो । मलिङ्गा भनेपछि योर्करमा चर्चित छ । स्टक बलमा धेरै मिहिनेतहरु गर्नुपर्यो । त्यो जति धेरै खेल खेल्छ विकास हुँदै जान्छ । त्यो खेलमा प्रयास गर्छ । त्यसको लागि अन्तर्राष्ट्रिय खेलहरु दिनपर्यो । जति धेरै अन्तर्राष्ट्रिय खेल खेल्यो अनि थाहा हुन्छ मेरो यो स्टक बल हो । मुख्यता अनुभवको कमी र उनीहरुको सुरुवात छ’, गौचनले सुझाव दिँदै भने ।
‘अन्तर्राष्ट्रिय खेलमा एक खेल वा दुई खेल पायो भन्ने हुँदैन । यदि च्याम्पियन खेलाडी छ भने एउटा खेलमा पनि देखाउनसक्छ । कसलाई कति खेल दिने टिम म्यानेजमेन्टमा भर पर्छ’, उनले भने ।
‘मेरो सामान्य भनाई मिहिनेत गरेर नै माथि आउने हो । प्रशिक्षक र कप्तानले भनेको कुरा खेलमा अप्लाई गर्ने । आज मैले स्टक बल सुरुवात गर्छु भोलीबाट मेरो पक्का त हुँदैन । मलिङ्गाले गर्ने योर्कर के एकदिनमा आएको हो र । बुमराहको योर्कर स्लोवर बल एकदिनमा आएको होईन । समय लाग्छ । यनिहरुले सिक्छ । २ ओभरमा ३० खायो । ३ ओभरमा ४० खायो । यिनीहरुको दिमाग विस्तारै विस्तारै खुल्छ । त्यो लेभलमा कतिको हाई छ थाहा हुन्छ’, उनले युवा खेलाडीलाई सल्लाह र सुझाव दिँदै भने ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]