default_image

2 years ago

February 14, 2022

ब्याटिङ नचल्दा नेपाल इतिहास रच्नबाट चुक्यो

113 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । योसँगै नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउँदै इतिहास रच्ने अवसर पनि गुमाएको छ ।

१ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३० बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । दीपेन्द्रलेनै उत्कृष्ट बलिङका साथ ४ विकेट लिएपछि आयरल्यान्ड सस्तैमा समेटिएको थियो । तर दीपेन्द्रको एकल प्रदर्शनले इतिहास भने रचनाउन सकेनन् ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए । कुशल ब्यारी म्याकर्थीको बलमा दील स्कुप सट खेल्ने धुनमा बोल्ड भए । युवा ब्याटर लोकेश बम मार्क आदिरको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा जर्ज डोकरेलबाट ६ क्याच आउट भए । स्पिनर एन्डी म्याकबर्नीको बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा डोकरेलबाट क्याच भए । आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

म्याकबर्नीको बलमा रिभर स्वीप सट खेलेका ज्ञानेन्द्र प्वाइन्टमा ५ रनमा क्याच आउट भए । उनले १२ बल खेलेपनि कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । शरद १३ औं ओभरको दोस्रो बलमा कर्टिस क्याम्फरको बलमा १ रनमा एलबीडब्लू आउट भए । शरद यसअघि ओमानसँग ४ बलमा ४ र युएईसँग ८ बलमा १० रनमा अविजित थिए ।

ज्ञानेन्द्र युएईसँग १९ बलमा २२ र ओमानसँग १६ बलमा १३ रनमा आउट भएका थिए । दीपेन्द्र ब्यारी म्याकर्थीको १७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा मार्क आदिरबाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो ।

नेपाललाई अन्तिम १२ बलमा २४ रन जितको लागि चाहिँएको थियो । सिमी सिंहले कुशल मल्ल र कमल सिंह ऐरीलाई तेस्रो र चौथो बलमा क्याच गराएसँगै नेपालको जितको सम्भावना सकिएको थियो । आयरल्यान्डका सिमी सिंह, एन्डी म्याकर्थी, मार्क आदिर र ब्यारी म्याकर्थीले २–२ विकेट लिए । कर्टिस क्याम्फरले १ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्ड २० ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । आयरल्यान्डका तल्लोक्रमका जर्ज डोकरेलले २२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । आयरल्यान्डले पहिलो ओभरमै ओपनर तथा प्रमुख ब्याटर पाउल स्टर्लिङलाई २ रनमा गुमाएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले योर्कर बलमा स्टर्लिङलाई बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिए । त्यसपछि भने आयरल्यान्डले लगातार विकेट गुमाउन पुग्यो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको अन्तिम बलमा ग्यारेथ डेलानी ९ रनमा कट एण्ड बोल्ड भए । अर्का तीव्र गतिका बलर अभिनाश बोहराले पाँचौं ओभरको पाँचौं बलमा कप्तान एन्डी बालबर्नीलाई १९ रनमा बोल्ड आउट गरेपछि नेपालले उत्कृष्ट सुरुपात गरेको थियो । उनले १३ बलमा ३ चौका प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीको ठूलो सट खेलेका शेन गेटकेट दशैं ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट भएसँगै आयरल्यान्ड ६०–४ को संकट अवस्थामा पुगेको थियो । मुखियाबाट क्याच हुनुअघि उनले १६ बलमा १ चौका प्रहार गरे । दीपेन्द्रले १२ औं ओभरमा दुई विकेट लिएसँगै आयरल्यान्ड सस्तैमा रोकिन पुगेको थियो ।

दीपेन्द्रको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कर्टिस क्याम्फर शरद भेषावकरबाट २० रनमा क्याच आउट भए । उनले २० बलमा १ चौका प्रहार गरे । चौथो बलमा दीपेन्द्रले सिमी सिंहलाई विकेटकिपर आसिफ शेखबाट १ रनमा आउट गरेपछि आयरल्यान्ड ११.४ ओभरमा ६८–६ को अवस्थामा पुगेको छ ।

दीपेन्द्रले १६ औं ओभरको अन्तिम बलमा विकेकिपर लोर्कान टकरलाई १५ रनमा उत्कृष्ट क्याच एण्ड बोल्ड आउट गर्दै आफ्नो चार विकेट पूरा गरे । दीपेन्द्र करण केसी, बसन्त रेग्मी र सन्दीप लामिछानेपछि टि२० आईमा चार विकेट लिने चौथो खेलाडी हुन् ।

सन्दीपले १८ औं ओभरको पहिलो बलमा डोकरेललाई कुशल भुर्तेलबाट २८ रनमा क्याच गराउँदै आफ्नो टि२० आई करिअरको ५० औं विकेट पूरा गरेका थिए । सन्दीप नेपालबाट टि२० आईमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । योसँगै नेपालको आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको तयारी पूरा भएको छ । नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । नेपाल सेमिफाइनल हुँदै फाइनल पुग्ने सके आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छ ।

नेपालको समूह बी मा ओमान, फिलिपिन्स र क्यानडा छ । समूह ए मा बहराइन, आयरल्यान्ड, युएई, जमर्नी र छन् । शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछन् ।

टि२० विश्वकप छनोट नेपालको खेल तालिका

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३ः ४५

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

July 6, 2024

एशिया कप तयारीका लागि नेपाली टोलीले ३ अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीले तयारीका लागि तीन अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीले श्रीलंका क्रिकेट बोर्डको विकास टोली विरुद्ध तीन खेल खेल्ने भएको हो । नेपाली महिला टोलीको श्रीलंकामा तयारीको तालिका सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले सो तीन खेलको […]

Success

Thank you for your time.