default_image

3 years ago

February 14, 2022

चलेनन् ज्ञानेन्द्र र शरद

149 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले पाँच विकेट गुमाएको छ ।

१ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालले एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा गुमाएपछि दबाबमा परेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन र कुशल मल्ल ७ बलमा २ रनमा अविजित छन् ।

पहिलो विकेटका लागि कुशल र आसिफले ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए । कुशल ब्यारी म्याकर्थीको बलमा दील स्कुप सट खेल्ने धुनमा बोल्ड हुन पुगे । युवा ब्याटर लोकेश बम मार्क आदिरको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा जर्ज डोकरेलबाट ६ क्याच आउट भए ।

स्पिनर एन्डी म्याकबर्नीको बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा डोकरेलबाट क्याच भए । आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । म्याकबर्नीको बलमा रिभर स्वीप सट खेलेका ज्ञानेन्द्र प्वाइन्टमा ५ रनमा क्याच आउट भए । उनले १२ बल खेलेपनि कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । शरद १३ औं ओभरको दोस्रो बलमा कर्टिस क्याम्फरको बलमा १ रनमा एलबीडब्लू आउट भए ।

शरद यसअघि ओमानसँग ४ बलमा ४ र युएईसँग ८ बलमा १० रनमा अविजित थिए । ज्ञानेन्द्र युएईसँग १९ बलमा २२ र ओमानसँग १६ बलमा १३ रनमा आउट भएका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्ड २० ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । आयरल्यान्डका तल्लोक्रमका जर्ज डोकरेलले २२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.