default_image

2 years ago

February 14, 2022

सन्दीपले तोडे राशिदको कीर्तिमान

104 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अफगानिस्तानका लेगस्पिनर राशिद खानको कीर्तिमान तोडेका छन् । चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डविरुद्ध सन्दीपले एक विकेट लिँदै नेपालबाट ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

सन्दीपले २९ टि२० आई खेलमा ५० विकेट पूरा गरेका हुन् । उनी टि२० आईमा सर्वाधिक छिटो ५० विकेट लिने तेस्रो खेलाडी बनेका छन् । सन्दीपले १८ औं ओभरको पहिलो बलमा डोकरेललाई कुशल भुर्तेलबाट २८ रनमा क्याच गराउँदै आफ्नो टि२० आई करिअरको ५० औं विकेट पूरा गरेका थिए ।

टि२० आईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने कीर्तिमान श्रीलंका पूर्व स्पिनर अजन्था मेन्डिसको नाममा छ । उनले २६ खेलमा ५० विकेट लिएका थिए । दोस्रो स्थानमा आयरल्यान्डका मध्य गतिका बलर मार्क आदिर छन् । उनले २८ खेलमा त्यस सफलता हात पारेका थिए ।

सर्वाधिक छिटो ५० विकेट लिने तेस्रो बलरको विश्व कीर्तिमान राख्ने छन् । दक्षिण अफ्रिका इमरान ताहिर र राशिद खानले ३१–३१ खेलमा ५० विकेट पूरा गरेका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप विश्वकै तेस्रो बलर बनेका छन् ।

सन्दीपले अफगानिस्तानका राशिद खान, दक्षिण अफ्रिका इमरान ताहिर, डेल स्टेन, भारतका जस्प्रित बुमराह, युजभेन्द्र चहल, अष्ट्रेलिया मिचेल स्टार्क, श्रीलंका लासिथ मलिङ्गा जस्ता विश्व चर्तित टि२० बलरलाई पछि पारेका छन् ।

चहलले ३४ खेल, डेल स्टेनले ३५ खेल, न्युजिल्यान्डका टे«न्ट बोल्टले ३६ खेल र मिचेल स्टार्कले ४० खेलमा उक्त सफलता हात पारेका थिए । त्यसैले सन्दीपले विश्व चर्चित बलरलाई पछि पार्ने निश्चित देखिन्छ । नेपालमा सन्दीपपछि करण केसीले ३३ खेलमा ४४ विकेट लिएका छन् । टि२० क्रिकेटमा भने ५० विकेट लिने पहिलो खेलाडी बसन्त रेग्मी हुन् । वसन्तले ४० टि२० खेलमा ५३ विकेट लिएका छन् ।

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

Success

Thank you for your time.