default_image

2 years ago

February 14, 2022

दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डमाथि नेपाल हाबी

89 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्डमाथि नेपाल हाबी बनेको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले १३ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएको छ । आयरल्यान्डले पहिलो ओभरमै ओपनर तथा प्रमुख ब्याटर पाउल स्टर्लिङलाई २ रनमा गुमाएको थियो ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले योर्कर बलमा स्टर्लिङलाई बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिए । त्यसपछि भने आयरल्यान्डले लगातार विकेट गुमाउन पुग्यो । जितेन्द्र मुखियाको चौथो ओभरको अन्तिम बलमा ग्यारेथ डेलानी ९ रनमा कट एण्ड बोल्ड भए ।

तीव्र गतिका बलर अभिनाश बोहराले कप्तान एन्डी बालबर्नीलाई १९ रनमा बोल्ड आउट गरेपछि नेपालले उत्कृष्ट सुरुपात गरेको थियो । उनले १३ बलमा ३ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीको ठूलो सट खेलेका शेन गेटकेट दशैं ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट भएसँगै आयरल्यान्ड ६०–४ को संकट अवस्थामा पुगेको थियो । मुखियाबाट क्याच हुनुअघि उनले १६ बलमा १ चौका प्रहार गरे ।


दीपेन्द्रले १२ औं ओभरमा दुई विकेट लिएसँगै आयरल्यान्ड सस्तैमा रोकिन पुगेको थियो । दीपेन्द्रको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कर्टिस क्याम्फर शरद भेषावकरबाट २० रनमा क्याच आउट भए । उनले २० बलमा १ चौका प्रहार गरे । चौथो बलमा दीपेन्द्रले सिमी सिंहलाई विकेटकिपर आसिफ शेखबाट १ रनमा आउट गरेपछि आयरल्यान्ड ११.४ ओभरमा ६८–६ को अवस्थामा पुगेको छ ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.