default_image

3 years ago

February 14, 2022

नेपालले आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने

128 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत अन्तिम खेल टेस्ट टोली आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिर्तन गरेका छन् ।

नेपालले आजको खेलमा तीन टोलीमा परेको छ । नेपालले युएईसँगको खेलबाट साहब आलम, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ । अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् । नेपालले आजको खेलमा पनि करण केसीलाई बेन्चमा राखेको छ । करण फिट नहुँदा प्लेइङ ११ मा नपरेका हुन् ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । युएईसँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले स्तब्ध बनेको थियो । आयरल्यान्डसँगको खेलसँगै नेपालको आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

हेड टु हेड :

आयरल्यान्ड र नेपालबीच दुई टि२० आई खेल भएको छ । दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ । २०१५ को टि२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो । २०१९ मा पाँच देश सम्मिलित टि२० आई सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो । १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, अभिनाश बोहरा, जितेन्द्र मुखिया, शरद भेषावकर र कमलसिंह ऐरी ।

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

December 19, 2024

दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]

Success

Thank you for your time.