default_image

3 years ago

February 14, 2022

आमिरको ५ विकेटमा ओमानको उत्कृष्ट कमब्याक

120 views

0 Bookmark

एजेन्सी – स्पिनर आमिर कलिमको ५ विकेटको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानले उत्कृष्ट पूनरागमन गरेपछि युएईले १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । युएईका ओपनर मोहम्मद वासिमले ४४ बलमा ३ चौका र ८ छक्कासहित ८४ रनको विष्फोटक इनिङ खेले । वासिमले विष्फोटक सुरुवात गर्दा १० ओभरको समयमा युएईले दुई सय माथिको योगफल सहजै कटाउन सक्ने अनुमान गरिएको थियो । तर स्पिनर आमिरले लगातार विकेटका साथ उत्कृष्ट पूनरागमन गराएका हुन् ।

ओपनर चिराग सुरी अयान खानको बलमा १० रनमा कट एण्ड बोल्ड आउट भए । त्यसपछि मुस्तफा र वासिमले दोस्रो विकेटका लागि ८२ रनको उत्कृष्ट साझेदारी गर्दै युएई एक समय १३.२ ओभरमा ११५–१ को बलियो अवस्थामा थियो । तेस्रो बलमा आमिरले शतक नजिक पुगेका वासिमलाई अयान खानबाट क्याच गराएपछि ओमानको लागि टनिङ प्वाइन्ट बनेको थियो ।

एक बलपछि रोहन मुस्तफा १९ रनमा शोहिब खाबाट क्याच आउट भए । १६ औं ओभरमा आमिरले अर्का प्रमुख ब्याटर मुहम्मद उस्मानलाई २ रनमा कट एण्ड बोल्ड आउट गर्दै ओमानलाई खेलमा फर्काएका थिए । अन्तिम ओभरमा कासिफ दाउद र अहमद राजाको विकेट लगातार लिँदै मध्यम योगफलमा रोकेका थिए । युएईका वासिम बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओमानका आमिर कलिमले ४ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । टि२० आई करिअरमा उनले दोस्रो पटक पाँच विकेट लिएका हुन् । २०१९ मा नेपालविरुद्ध पाँच विकेट लिएका थिए । बिलाल खान, कलिमुल्लाह र अयान खानले १–१ विकेट लिए ।

युएईले पहिलो खेलमा नेपाललाई २५ रन र आयरल्यान्डलाई दोस्रो खेलमा १३ रनले हराएको थियो । आयरल्यान्डले ओमानलाई ९ विकेटले हराएको थियो । नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । सिरिजको अन्तिम खेलमा आज दिउँसो नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.