default_image

3 years ago

February 14, 2022

रैना आइपिएलमा बिकेनन्

77 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर सुरेश रैनालाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा कुनैपनि टोलीले किनेनन् । फ्रेन्चाइज टोलीले भारतीय युवा खेलाडीलाई बढी प्राथमिकतामा राखेपछि न्यूनतम मूल्य राखेका रैना नबिकेका हुन् ।

आइपिएल इतिहासकै सर्वाधिक रन बनाउने चौथो नम्बरमा रहेका रैना २००८ अर्थात आइपिएल सुरु भएपछि पहिलो पटक नबिकेका हुन् । उनले दोस्रो पटक आइपिएल गुमाउने छन् । २०२० मा रैना कोरोनाको समयमा युएई पुगेर पारिवारिक कारण आइपिएल नखेली फर्केका थिए । त्यो सिजनमा चेन्नई सुपर किंग्स पहिलो पटक लिगबाटै बाहिरिएको थियो ।

चेन्नईलाई पहिलो पटक सन् २०१० मा उपाधि जिताउन रैना नायक बनेका थिए । मुम्बईलाई फाइनलमा २२ रनले हराउँदा रैनाले ५७ रन बनाउनुको साथै १ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । चेन्नईलाई सर्वाधिक सफल फ्रेन्चाइज टोली बनाउन रैनाको योगदान महत्वपूर्ण छ । आइपिएलमा रैना र महेन्द्रसिंह धोनीको जोडीको निकै चर्चा हुने गर्दथ्यो । चेन्नईले चार पटक उपाधि जित्दा सबैमा रैनाको महत्वपूर्ण योगदान दिएका छन् ।

raina

गत वर्ष रैनाले १२ खेलमा १ सय ६० रन बनाएपछि रिलिज गरेको थियो । चेन्नईले धोनी, ऋतुराज गायकवाड, मोईन अली र रविन्द्र जडेजालाई रिटेन गर्दा रैनालाई रिलिज गरेको थियो । रैना २००८ देखिनै चेन्नईबाट खेल्दै आएका थिए । चेन्नई दुई वर्ष प्रतिबन्धमा परेपछि २०१६ र २०१७ मा भने गुजरात लायन्सबाट कप्तानी गरेका थिए । रैना मध्यक्रमका भरपर्दा ब्याटर, पार्टटाइम स्पिन र उत्कृष्ट फिल्डर हुन् । भारतबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् ।

रैनाले २ सय ५ खेलमा १ शतक र ३९ अर्धशतक सहित ५ हजार ५ सय २८ रन बनाएका छन् । विराट कोहली, शिखर धवन र रोहित शर्मापछि तेस्रो खेलाडी हुन् । रैनाको यसअघि चेन्नईमा ११ करोड भारु मूल्य पाउँदै आएका थिए । योसँगै आइपिएलका दुई चर्चित जोडी धोनी र रैना अवसँगै देखिने छैनन् ।


रैनाले भारतबाट १८ टेस्ट,२ सय २६ ओडिआई, ७८ टि२० आई खेलेका छन् । २०१७ मा विराट कोहली कप्तान बनेपछि युवा खेलाडीलाई प्राथमिकतामा राख्दा रैनाले मौका पाएका थिएनन् । २०२० मा धोनीसँगनै सन्न्यासको घोषणा गरेका थिए । रैना धोनीका सर्वाधिक मिल्ने साथीको रुपमा रहँदै आएका थिए ।

यो पनि : सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

एकै रातमा ३१ करोडको मालिक बने चाहर दाजुभाइ

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.