default_image

2 years ago

February 13, 2022

टेस्ट टोली आयरल्यान्ड युएईसँग स्तब्ध

142 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – रोहन मुस्तफाको अलराउन्ड प्रदर्शनको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्ड युनाइटेड अरव इमिरेट्स (युएई) सँग १३ रनले पराजित भएको छ ।

१ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर पाउल स्टर्लिङ १ रनमा रन आउट भएका थिए । एन्डी बालबर्नी २७ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा क्याच आउट भए । ग्यारेथ डेलानी २० बलमा ५ चौका र २ छक्कासहित ४० रनमा आउट भए ।

कर्टिस क्याम्फर ४० र लोर्कान टकरले २२ रन बनाए । तीव्र गतिका बलर जहुर खानले डेथ ओभरमा लगातार योर्करका साथ उत्कृष्ट बलिङ गरेपछि युएईले आयरल्यान्डलाई हराउन सफल भएको हो । युएईका स्पिनर पलानियापन मयप्पनले सर्वाधिक २ विकेट लिए । रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । युएईका रोहन मुस्तफाले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए । वृत्य अरविन्दले ३६ बलमा ३ चौका र २ छक्कासहित ५० रनको योगदान दिए ।

कासिफ दाउद ११ बलमा ३ चौका र २ छक्कासहित २८ रनमा अविजित रहे । दाउदले अन्तिम ओभरमा मार्क आदिरलाई अन्तिम ओभरमा २ चौका र २ छक्कासहित २३ रन जोडेका थिए । आयरल्यान्डका क्रेग योंगले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए ।

युएईले पहिलो खेलमा नेपाललाई २५ रनले हराएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान पहिलो खेलमा नेपालसँग ६ विकेट र दोस्रो खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । नेपाल र आयरल्यान्डले पनि सोमबार खेल्नेछन् ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.