3 years ago
February 13, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार लोकेश बमले युएईसँग डेब्यू खेलमा गरेको प्रदर्शनबाट खुशी नभएको बताएका छन् । शनिबार युएईसँग २५ रनले पराजित भएपछि लोकेशले आफ्नो प्रदर्शनबाट खुशी नभएको बताएका हुन् ।
‘पक्कैपनि डेब्यू राम्रो भयो भन्दिन । मेरो लागि त्यो एकदमै सहि समय थियो । त्यहाँबाट मैले खेल जिताउन सक्थें । मैले राम्रो सुरुवात भन्दिन’, लोकेशले खेलपछि भने ।
‘सुरुमा केहि नर्भस पनि थिए । तर मलाई टोलीले प स्वतन्तत्रा दिएको थियो । प्रधानमन्त्री कपमा जसरीनै खेल्न भनिएको थियो । उनीहरुले बलिङ अलिकति राम्रो पनि गर्यो । योर्कर पनि राम्रो फाल्यो । योर्करनै अपेक्षा गरेको थिए । पछि स्लोवर पनि आयो, उनले भने । त्यसमा थपे, “बल ब्याटमा आएको थिएन । तल बसेको थियो । त्यहिँ भएर गाह्रो भयो । केहि कमजोर बललाई बाउन्ड्रीमा प्रहार गर्न पनि सकिएन सुरुवात राम्रो पाएका थियौं । मात्र यो थियो ब्याटिङ पाएपछि खेल जिताउछु । तर खेल जिताउन सकेन ।”
‘बाहिर खेल्दा फरक हुन्छ । बलरको दिमाग के चलि रहेको हुन्छ थाहा हुँदैन । बलरहरुलाई कसरी पढ्ने भन्ने यस खेलबाट सिकेको छु, उनले भने । मेरो रोलनै फिनिसरको हो । मेरो खेल खेल सिकाउने हो । बीचमा बाउन्ड्रीहरु आएन । त्यसैले गाह्रो भयो’, त्यसैमा थपे ।
‘विहान शरद दाइले डेब्यू क्याप दिँदा धेरैनै भावुक थिए । बच्चादेखिनै नेपालबाट खेल्ने सपना थियो । अहिले टिममा परे,’ लोकेशले डेब्यू क्याप स्मरण गर्दै भने ।
१ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । लोकेश बमले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । लोकेश १४ औं ओभरको चौथो बलमा आरिफ शेख क्याच आउट भएपछि मैदान प्रवेश गरेका थिए ।
२० औं ओभरको तेस्रो र चौथो बलमा लोकेशले काशिफ दाउदलाई लगातार छक्का प्रहार गरेका थिए । त्यसअघि जहुर खान र अहमद राजालाई एक एक चौका प्रहार गरेका थिए । इनिङको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा लोकेश क्याच आउट भए ।
लोकेश नेपालबाट टि२० आईमा क्याप पाउने ३८ औं खेलाडी हुन् । शुक्रबार स्पिनर सागर ढकाल ३६ औं र विवेक यादव ३७ औं क्याप पाएका थिए । नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
यो पनि : नेपालले युएईसँग हार्नुको पाँच कारण
लोकेशको क्रिकेट यात्रा र वाल्यकाल : आक्रामक लोकेशको दमदार इन्ट्री
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]