default_image

3 years ago

February 12, 2022

बेबी एविलाई मुम्बईले किन्यो

116 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिस (बेबी एबी) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा तीन करोड भारुमा मुम्बई इन्डियन्समा बिकेका छन् ।

अक्सनमा न्यूनतम मूल्य २० लाख रोखका ब्रेभिसलाई किन्न चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा मुम्बईल ३ करोड भारुमा किनेको थियो ।

वेस्टइन्डिजमा अघिल्लो सम्पन्न यू-१९ विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट चुनिएका थिए । दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरिएपनि ब्रेभिसले पूर्व दक्षिण अफ्रिकी ब्याटर एवी डेभिलियर्सको शैलीमा ब्याटिङ गर्दै दुई शतकका साथ कीर्तिमानी रन बनाएका थिए ।

ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल ५ सय ६ रनका साथ शीर्षस्थानमा थिए । ब्रेभिस एकै यू१९ विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले भारतीय ब्याटर शिखर धवनले २००४ को यू–१९ विश्वकपमा तीन शतकसहित बनाएको ५ सय ५ रनको कीर्तिमान तोडेका हुन् ।

ब्रेभिसले बंगलादेशविरुद्ध १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । श्रीलंकासँग भने उनी ६ रनमा आउट भएका थिए । उनी अर्धशतक नबनाई आउट भएको यो मात्र एक खेल हो ।

क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रनको इनिङ खेलेपनि ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । उनले आयरल्यान्डसँग ९६, युगान्डाविरुद्ध १ सय ४ र भारतविरुद्ध ६५ रनको इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गरेका थिए ।

एवि डिभिलियर्सको खेल्ने शैली र ब्रेभिसको हाउभाउ सबै एउटै छ । त्यसैले उनलाई बेबी एवि भनिएको हो । यू–१९ विश्वकपमा सानदार प्रदर्शनसँगै उनलाई दक्षिण अफ्रिका भविष्यको रुपमा हेरिएको छ ।

ब्रेभिसको बारे सम्पूर्ण जानकारी पाउन जीवनी पढ्नुहोस् :  डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.