default_image

3 years ago

February 12, 2022

दीपेन्द्र र अभिनाषलाई ‘गोल्डेन क्याप’

189 views

0 Bookmark

सुबास हुमागाईं, मस्कट

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीलाई विशेष क्यापले सम्मान गरिने भएको छ । हरेक खेलपछि टोलीको ब्याटिङ, बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन क्यापले सम्मान दिने टोलीले निर्णय गरेको छ ।

त्यसै अनुरुप शनिबार यूएईविरुद्ध खेलअघि प्रशिक्षक पुबुदु दासानायकेले टिम हडलमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ब्याटर दीपेन्द्रसिंह ऐरी र बलर अभिनाष बोहोरालाई गोल्डेन क्याप दिने घोषणा गरे । दीपेन्द्रले गोल्डेन ब्याटर तथा अभिनाषले गोल्डेन बलरको क्याप पाएका थिए । दीपेन्द्रलाई ज्ञानेन्द्र मल्लले उक्त क्याप हस्तान्तरण गरेका थिए भने अभिनाषले करणको हातबाट क्याप पाए ।

प्रशिक्षक दासानायकेले टोलीमा उच्च प्रदर्शन गर्ने खेलाडीसँग उक्त क्याप रहने बताए । क्याप टोलीका कोहीपनि खेलाडीले प्राप्त गर्न सक्ने र अर्को खेलाडीले राम्रो प्रदर्शन गरेमा हस्तान्तरण गर्नुपर्ने जानकारी दिए । फिल्डिङको लागि पनि क्याप रहेको जनाउँदै प्रशिक्षक दासानायकेले हाललाई उक्त क्यापको लागि हकदार कोहि नभएको बताए ।

यूएईविरुद्ध लोकेश बमलाई डेब्यू क्याप दिएपछि पुबुदुले यो जानकरी दिएका थिए । टिममा आन्तरिक प्रतिस्पर्धा बढेको अवस्थामा एक अर्काको मनोबल बढाउन सहयोग गर्ने लक्ष्यसाथ यो कदम चालिएको बुझिएको छ ।

यसअघि टिमले नै एक आपसमा छलफल गरेर ‘राइनोज’ मन्त्र निर्माण गरेको थियो । टोलीको हरेक खेलाडी र अफिसियलको प्रशिक्षण जर्सीमा यो राखिएको छ ।

यो पढ्नुहोस : ओमानमा क्रिकेट टोलीको ‘राइनोज’ मन्त्र

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.