default_image

3 years ago

February 12, 2022

दीपक चाहरमाथि चेन्नईको धनको वर्षा

108 views

0 Bookmark

एजेन्सी – भारतीय तीव्र गतिका बलर दीपक चाहरलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ को मेगा अक्सनमा चेन्नई सुपर किंग्सले धनको वर्षा गरेको छ । चेन्नईले आफ्ना तीव्र गतिका बलर दीपक चाहरलाई टोलीमा फर्काउन १४ करोड भारु खर्चेको छ ।

अक्सनमा चेन्नई, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिममा चेन्नईले किनेको हो । चाहर नयाँ बलका साथ स्विंग र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । चाहरले आइपिएलमा हालसम्म ६३ खेलमा ५९ विकेट लिएका छन् ।

चाहरले पछिल्लो समय भारतीय क्रिकेट टोलीमा तल्लोक्रममा राम्रो प्रदर्शन समेत गर्दै आएका छन् । आइपिएल २०२१ को उपाधि चेन्नईलाई जिताउन दीपक चाहरले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

चाहरलाई २०१८ को अक्सनमा चेन्नईले ८० लाख भारुमा किनेको थियो । उनले ८० लाखबाट १४ करोडमा चेन्नईमा फर्किएका हुन् । चेन्नईले यस सिजनमा चार खेलाडीको रुपमा महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, मोईन अली र ऋतुराज गायकवाडलाई राखेको थियो । आइपिएल अक्सनमा सर्वाधिक महँगो भारतीय खेलाडीको रुपमा विक्ने चाहर तेस्रो खेलाडी हुन् ।

यसअघि २०१५ मा दिल्ली डेयर डेभिल्सले युवराज सिंहलाई १६ करोडमा किनेको थियो । जारी अक्सनमा मुम्बईले ईशा किशनलाई १५ करोड २५ लाख भारुमा किनेको छ ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.