default_image

2 years ago

February 12, 2022

शेख दाजुभाइले दिलाए नेपाललाई सफलता

174 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – मध्य गतिका बलर आरिफ शेख र विकेटकिपर आसिफ शेख दाजुभाइले चार देश सम्मिलित टि२० आई सिरिजमा युएईविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।


अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको १५ ओभरमा २ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । युएईका ओपनर चिराग सुरी ३७ बलमा १ चौका र ४ छक्कासहित ५१ रनमा अविजित छन् । सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

दोस्रो विकेटका लागि सुरी र मुस्तफाले ९७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मुस्तफा आरिफको १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर आसिफबाट स्टम्पिङ आउट भएका थिए । योसँगै शेख दाजुभाइले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । मुस्तफा ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा शेख दाजुभाइको शिकार बन्न पुगे ।

ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोड्दै राम्रो सुरुवात गरेका थिए । मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच आउट भए । स्पिनर साहब आलमको बलमा लगातार तेस्रो छक्का हान्ने धुनमा वासिम दीपेन्द्रसिंह ऐरीबाट क्याच हुन पुगे । त्यसपछि क्रिजमा आएका मुस्तफाले उत्कृष्ट ब्याटिङ गरे ।

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

July 5, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको आफ्नै फ्रान्चाइज टि-ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ । बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । […]

July 5, 2024

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

काठमाडौं (हाम्रोखेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२ ०आईमा १०० विकेट लिएका […]

Success

Thank you for your time.