3 years ago
February 12, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत युएईविरुद्ध पहिलो सफलता हात पारेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरि रहेको युएईले सुरुवाती तीन ओभरमा १ विकेट गुमाएर ३३ रन बनाएको छ ।
युएईका चिराग सुरी ५ बलमा १ चौका र १ छक्कासहित १० रनमा । अर्का ओपनर मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच आउट भए ।
स्पिनर साहब आलमको बलमा लगातार तेस्रो छक्का हान्ने धुनमा वासिम तेस्रो ओभरको तेस्रो बलमा लङअफमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए । रोहन मुस्तफा क्रिजमा छन् । स्पिनर साहब आलमले तेस्रो ओभरमा तीन छक्का र एक चौकासहित २२ रन खर्चिदा एक विकेट लिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । युवा विष्फोटक ब्याटर लोकेश बम, स्पिनर साहब आलम र तीव्र गतिका बलर जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको छ ।
ओमानसँग खेलमा प्रमुख तीन विकेट लिएका अभिनाश बोहरा र डेब्यू खेलमा ३ ओभरमा ३६ खर्चेका सागर ढकाल र १४ बल खेलेर ४ रनमा आउट भएका प्रदीप ऐरी बेन्चमा बसेका छन् ।
नेपालले आजको खेलमा पनि करण केसी, कुशल भुर्तेल र कुशल मल्ललाई भने दोसो खेलमा पनि बेन्चमै राखेको छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले आजको खेलमा युवा ब्याटर लोकेश बमलाई डेब्यू दिएको छ । बमलाई नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका हुन् । बमले आसिफसँग ओपनिङ गर्ने सम्भावना छ ।
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]