default_image

3 years ago

February 12, 2022

यस्तो छ नेपाल र युएई दुबैको प्लेइङ ११

164 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । युवा विष्फोटक ब्याटर लोकेश बम, स्पिनर साहब आलम र तीव्र गतिका बलर जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको छ ।

ओमानसँग खेलमा प्रमुख तीन विकेट लिएका अभिनाश बोहरा र डेब्यू खेलमा ३ ओभरमा ३६ खर्चेका सागर ढकाल र १४ बल खेलेर ४ रनमा आउट भएका प्रदीप ऐरी बेन्चमा बसेका छन् ।

नेपालले आजको खेलमा पनि करण केसी, कुशल भुर्तेल र कुशल मल्ललाई भने दोसो खेलमा पनि बेन्चमै राखेको छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले आजको खेलमा युवा ब्याटर लोकेश बमलाई डेब्यू दिएको छ । बमलाई नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका हुन् । बमले आसिफसँग ओपनिङ गर्ने सम्भावना छ ।

नेपालको प्लेइङ–११

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, लोकेश बम, विवेक यादव, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र साहब आलम

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम, चिराग सुरी, वृत्य अरविन्द (विकेटकिपर), मुहम्मद उस्मान, रोहन मुस्तफा, कासिफ दाउद, अहमद राजा (कप्तान), जुनैद सिद्दिक, जवार फरिद, बासिल हमिद र मोहम्मद बुटा (विकेटकिपर)

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.