3 years ago
February 12, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको छ । अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले आजको खेलमा युवा ब्याटर लोकेश बमलाई डेब्यू दिएको छ ।
बमलाई नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका हुन् । आजको खेलमा लोकेश बम र आसिफ शेखले ओपनिङ गर्ने सम्भावना छ । प्रदीपलाई बेन्चमा राखेपछि लोकेशले डेब्यूमै ओपनिङ गर्ने सम्भावना देखिएको हो ।
नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । युएई पहिलो खेलमा नेपाललाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानमाथिको जितले नेपालको मनोबल उच्च छ । तर यसै साता आइसिसी विश्वकप लिग–२ मा ओमानमाथि दुई सानदार जित हात पारेको युएई त्यतिनै उत्कृष्ट मनोबलका साथ नेपालविरुद्ध मैदान उत्रनेछ ।
नेपाललाई पहिलो खेलमा जिताउन दीपेन्द्रसिंह ऐरीले ७३ रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रको प्रदर्शन युएईविरुद्ध पनि महत्वपूर्ण हुनेछ । ओपनरमा कुशल भुर्तेल आजको खेलमा नखेल्ने पक्का भएको छ ।
सन्दीप, दीपेन्द्र र कुशल भुर्तेल हतियार हुनेछन् । युएईको ओपनिङ ओपनर चिराग सुरी र मोहम्मद वासिमले गर्नेछन् । यी दुबै ब्याटर राम्रो लयमा छन् । युएईले ओमानले प्रस्तुत गरेको ३ सय ८ रनको विजयी लक्ष्यप पूरा गर्न चुरीले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । वासिम पनि आक्रामक ब्याटिङको क्षमता राख्छन् । यी दुई ओपनरको विकेट नेपालको लागि महत्वपूर्ण हुनेछ । स्पिनरमा हमिद, मुस्तफा र राजा हुनेछन् । विश्वकप छनोटमा सेमिफाइनल खेल्न सक्ने सम्भावित यी दुई टोलीबीचको प्रदर्शन कडा हुने अपेक्षा गरिएको छ ।
हेड टु हेड :
टि२० आई मा नेपाल र युएईबीच तीन खेल भएको छ । २०१९ मा भएको तीन टि२० आई सिरिज नेपालले २–१ ले जितेको थियो । उक्तक्रममा नेपाल पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ४ विकेट र तेस्रो खेलमा १४ रनले विजयी भएको थियो ।
प्रत्यक्ष प्रसारण :
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।
सम्भावित कीर्तिमान
आजको खेलमा दुई विकेट लिएमा सन्दीप नेपालबाट टि२० आईमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्ने छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]