3 years ago
February 11, 2022
मस्कट (हाम्रो खेलकुद) – कुनैपनि कप्तान आफ्नो पहिलो खेलमा उत्कृष्ट जित र नजिताका साथ सुरुवात चाहन्छन् । त्यो सपनाका सबैको भने पूरा हुनसक्दैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पनि कप्तानीमा ड्रिम डेब्यू गरेका छन् । शुक्रबार सन्दीपले चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कप्तानीमा ड्रिम सुरुवात गर्न सफल रहे ।
पछिल्लो समय ओमान नेपालमाथि निरन्तर हाबी हुँदै आएको थियो । सन्दीपले पहिलो कप्तानी खेलमै टस मात्र जितेनन् बलर प्रयोगमा प्रभाव र नेपाललाई जित दिलाउँदै सानदार सुरुवात गरे । अल अमरेत क्रिकेट मैदानमा सन्दीपले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए । कप्तानको निर्णयलाई बलरले सहि सावित गरे । सन्दीपले बुझाएको प्लेइङ ११ मा प्रमुख ओपनर कुशल भुर्तेल, अलराउन्डर करण केसी र तीव्र गतिका बलर जितेन्द्र मुखिया थिएनन् । तीन प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले नतिजा भने उत्कृष्ट निकाल्न सफल भयो ।
अभिनाश बोहराले तीन, आरिफ शेख, कमल सिंह ऐरी र सन्दीप आफैंले १–१ विकेट लिँदै घरेलु टोली ओमानलाई १ सय ३५ रनमा रोकेका थिए । दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेपछि नेपालले १९.३ ओभरमा उक्त लक्ष्य पूरा गर्यो । एसोसिएटको एक उत्कृष्ट टोली ओमानलाई उसकै घरेलु भूमिमा हराउनु कुनै सामान्य कुरा होईन । यसले टोलीको आत्माविश्वास झन् धेरै बढ्नेछ । आफ्ना प्रमुख केहि खेलाडी विनाको यस नतिजाले टोलीको मनोबल झन् उच्च हुनेछ ।
सन्दीपले पहिलो पावर प्लेमै ५ बलर प्रयोग गर्दै ओमानलाई दबाबमा राखेका थिए । त्यसको नतिजा ओमान ६ ओभरमा ४३÷३ को अवस्थामा पुगेको थियो । पहिलो १० ओभरमा सन्दीपले ६ बलर प्रयोग गर्दै ओमानलाई दबाबमा राखेका थिए । खेलमा ७ बलर प्रयोग गरे । सन्दीपले सवै विकल्प हेरेका थिए ।
सन्दीप विपक्षी ब्याटरलाई सेट हुन नदिने योजना लिएको बताउँछन् । ‘हाम्रो योजना अर्को टिमलाई सेट हुन नदिनु हो । कतिपय खेलाडी यसअघि ओमानसँग खेल्नु पनि भएको थिएन । यो पनि एउटा नयाँ प्रयोग हुनसक्थे । आगमी दिनमा एउटा राम्रो जानकारी पनि हो’, लगातार फरक फरक बलर प्रयोग बारे सन्दीपले भने ।
क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टिमलाई अघि बढ्न ओमानसँगको जित राम्रो रहेको बताएका छन् । ‘पहिलो कप्तानी जित राम्रो लागि रहेको छ । टिमको वातावरण माहोल एकदमै राम्रो छ । यो प्रतियोगितामा टिम अगाडि बढ्नको लागि एउटा राम्रो जित आवश्यक थियो । ओमानसँग खेल निकै महत्वपूर्ण थियो । हामीले राम्रो सुरुवात गरेका छौं’, सन्दीपले भने ।
सन्दीप नेपालबाट टि२० आईमा नेतृत्व गर्ने तेस्रो खेलाडी हुन् । पारस खड्का पहिलो र ज्ञानेन्द्र मल्ल टि२० आईमा नेतृत्व गर्ने दोस्रो खेलाडी हुन् । उमेरका हिसाबले टि२० आईमा नेपालका कान्छा खेलाडी हुन् । विश्वकै कम उमेरमा कप्तानी गर्ने सन्दीप आठौं कान्छा खेलाडी हुन् । यसक्रममा सन्दीपले न्युजिल्यान्डका केन विलियम्सनलाई समेत पछि पारे । सन्दीपले २१ वर्ष १ सय ९३ दिनमा कप्तानी गर्दा केन विलियम्सनले २१ वर्ष ३ सय २८ दिनमा कप्तानी गरेका छन् ।
सन्दीपले कप्तानीमा सुखद सुरुवात गरेका छन् । यो नतिजालाई निरन्तरता सधैं दिन सक्नुपर्छ । देशको लागि नेतृत्व गर्नु सवैभन्दा ठूलो चुनौती र जिम्मेवारी हो । सन् २०१६ को यू१९ एसिया कप र नेपाली टि२० फ्रेन्चाइज लिगमा कप्तानी गरेको सन्दीपलाई अनुभव छ । सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिग सम्म विश्व चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् ।
विश्वस्तरिय कप्तान र खेलाडीसँग धेरै कुरा सिकेका छन् । ती अनुभव सन्दीप नेपाली क्रिकेटमा साट्न खोज्नेछन् । सन्दीपले कप्तानीमा ड्रिम डेब्यू गरेका छन् । यो उनको लागि सुरुवात हो । कप्तानी गर्दै जादा सिक्दै जानेछन् । उमेर २१ मात्र हुँदा उनले धेरै सिक्न र गर्न बाँकी छ । अहिले भने सबै मिलेर टि२० विश्वकप ग्लोबल छनोटमा ध्यान दिन आवश्यक देखिन्छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]