3 years ago
February 11, 2022
मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले शुक्रबार चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कीर्तिमान राखेको हो ।
१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले टि२० आईमा ओमानलाई पहिलो पटक हराउन सफल भएको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको विजयी अविजित इनिङ खेले ।
नेपाललाई अन्तिम ६ बलमा ९ रन जितको लागि आवश्यक थियो । तीव्र गतिका बलर मोहम्मद नदिमई दीपेन्द्रले पहिलो बलमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए । दोस्रो बलमा दुई रन बटुले । तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गर्दै जित पक्का गरे ।
दीपेन्द्रको टि२० आई करिअरको दोस्रो अर्धशतक हो । उनले ४६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले आफ्नो टि२० आई करिअरको पाँच सय रन पूरा गरेका छन् । चौथो ओभरमा नेपालले ओपनर आसिफ शेख र प्रदीप ऐरीलाई गुमाएको थियो ।
ओपनर आसिफ शेख ११ बलमा २ चौकासहित १४ रनमा क्याच आउट भए । आसिफ कलिमुल्लाहको चौथो ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा शोहिब खानबाट क्याच भएका थिए । १४ बल खेल्दै ४ रन बनाएका प्रदीप ऐरी अन्तिम बलमा विकेटकिपर नसिम खुशीबाट क्याच भएपछि नेपाल २२–२ को कमजोर अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि ज्ञानेन्द्र र दीपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र रन आउट हुनुअघि १६ बलमा १३ रन बनाए । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रले ४५ रनको साझेदारी गर्दै सहज जित दिलाए ।
आरिफ खवर अलीको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा खुर्मानबाट २५ रनमा क्याच आउट भएका थिए । आरिफले २० बलमा ३ चौका प्रहार गरे । ओमानका कलिमुल्लाहले २ र खवर अलीले १ विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनमा अविजि रहे । तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरे ।
पहिलो विकेटका लागि कश्याप र जतिन्दर सिंहले २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पहिलो बलमा मध्य गतिका बलर आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । जतिन्दर ८ बलमा ३ चौका प्रहार गरे । आरिफको बलमा जतिन्दर टप एज लागेर कट विहाइन्ड हुन पुगे । ओमानका प्रमुख ब्याटर जतिन्दरको विकेटसँगै नेपाल खेलमा हाबी बन्यो ।
कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । सन्दीपले नवौं ओभरको तेस्रो बलमा शोहिब खानलाई आसिफ शेखबाट ११ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । शोहिबले १३ बलमा १ चौका प्रहार गरे ।
एक समय ९.३ ओभरमा ५८–४ को कमजोर अवस्थामा पुगेको ओमानलाई पाँचौं विकेटका लागि मकसुद र नदिमले ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अभिनाशको १८ औं ओभरको तेस्रो बलमा आरिफ शेखले लङअनमा मकसुदको ३४ रनमा क्याच ड्रप गरेका थिए । अभिनाशले चौथो बलमा नदिमलाई ३१ रनमा शरद भेषावकरबाट क्याच गराए । नदीमले ३० बलमा २ चौका प्रहार गरे । एक बलपछि विकेटकिपर नसिम खुशीलाई शरदबाटनै शून्यमा क्याच गराउँदै लगातार दुई विकेट लिएका थिए ।
तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले १ ओभरमा २ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । डेब्यू खेल खेलेका स्पिनर सागर ढकालल ३े ओभरमा ३६ रन खर्चेपनि विकेट लिन सकेनन् । नेपालले ७ बलर प्रयोग गरेको थियो । चार देश सम्मिलित सिरिजमा नेपालले शनिबार युएईसँग खेल्नेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]