3 years ago
February 11, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिजको पहिलो खेलमा घरेलु टोली ओमानले एक सय रन पूरा गरेको छ । टस हारेर ब्याटिङ थालेको ओमानले १६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ ।
ओमानका कप्तान जिशान मकसुद २९ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा अविजित छन् । मोहम्मद नदिम २६ बलमा २ चौका सहित २८ रनमा अविजित छन् । एक समय ९.३ ओभरमा ५८–४ को कमजोर अवस्थामा पुगेको ओमानलाई पाँचौं विकेटका लागि मकसुद र नदिमले ४९ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै एक सय रनको आकडा पूरा गराएका छन् ।
तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । कश्यापले ११ बलमा २ चौका प्रहार गरे ।
पहिलो विकेटका लागि कश्याप र जतिन्दर सिंहले २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पहिलो बलमा मध्य गतिका बलर आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । जतिन्दर ८ बलमा ३ चौका प्रहार गरे । आरिफको बलमा जतिन्दर टप एज लागेर कट विहाइन्ड हुन पुगे । ओमानका प्रमुख ब्याटर जतिन्दरको विकेटसँगै नेपाल खेलमा हाबी बन्यो ।
कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । सन्दीपले नवौं ओभरको तेस्रो बलमा शोहिब खानलाई आसिफ शेखबाट ११ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । शोहिबले १३ बलमा १ चौका प्रहार गरे ।
डेब्यू खेल खेलेका स्पिनर सागर ढकालल ३े ओभरमा ३६ रन खर्चेका छन् । नेपालले कुल ७ खेलाडी बलिङमा प्रयोग गरेको छ ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]