default_image

3 years ago

February 11, 2022

सन्दीपले तोडे विलियम्सन र बाबरको कीर्तिमान

120 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वर्तमान समयका दुई उत्कृष्ट कप्तान न्युजिल्यान्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजमको कीर्तिमान तोडेका छन् ।

सन्दीपले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध सन्दीपले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । डेब्यू खेलमै टस जितेका सन्दीप नेपालका दशौं कप्तान बन्दा बाबर र केन विलियम्सनको कीर्तिमान पनि तोडेका हुन् । सन्दीप टि२० आईमा कप्तानी गर्ने विश्वका आठौं कान्छा खेलाडी बनेका छन् ।

शुक्रबार ओमानविरुद्ध टसका लागि मैदान उत्रँदा सन्दीप २१ वर्ष १ सय ९३ दिनमा टि२० आईमा कप्तान बनेका छन् । सन्दीप समग्रमा टि२० आईमा कप्तानी गर्ने विश्वका आठौं कान्छा कप्तान बनेका हुन् । टि२० आईमा मलेसिया युवा विकेटकिपर ब्याटर विरनदीप सिंहले २०१९ मा २० वर्ष १ सय ९० दिनमा भानुआतुविरुद्ध कप्तानी गर्दै सबैभन्दा कम उमेरको कीर्तिमान राखेका थिए ।

सन्दीपले कम उमेरमा टि२० आईमा कप्तानी गर्नेमा न्युजिल्यान्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजमलाई पछि पारेका हुन् । विलियम्सनले २०१२ मा वेस्टइन्डिजविरुद्ध २१ वर्ष ३ सय २८ दिनमा कप्तानी गरेका थिए । बाबर आजमले २५ वर्ष १९ दिनमा अष्ट्रेलियाविरुद्ध कप्तानीमा डेब्यू गरेका थिए ।

सन्दीप अफगानिस्तानका राशिद खानले २० वर्ष ३ सय ५९ वर्षको उमेरमा कप्तानी गर्दै सातौं कान्छा कप्तानको सूचिमा छन् । टि२० आईमा नेपालबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल हुँदै सन्दीप तेस्रो खेलाडी बन्नेछन् । सन् २०१६ को यू–१९ विश्वकपबाट उदाएका सन्दीप नेपालको सिनियर क्रिकेट टोली, इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग लगायत विश्व चर्चित विदेशी टि२० फ्रेन्चाइज लिग हुँदै ६ वर्षमा नेपाली टोलीको नेतृत्व गर्दैछन् । क्यानले गत मंसिर २९ मा अनुशासनको कारण ज्ञानेन्द्र मल्ललाई क्यानले कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो ।

सन्दीपले २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपालको नेतृत्व गरेका थिए । उनको कप्तानीमा नेपाल श्रीलंकासँग १ रन, भारतसँग ६ विकेटले पराजित हुँदा मलेसियालाई १ विकेटले हराएको थियो । २०१७ मा सन्दीपलाई हटाएर नेपालले दीपेन्द्रलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको थियो ।

दीपेन्द्रको कप्तानीमा नेपाली यू–१९ टोलीले २०१७ मा भारतीय यू–१९ टोलीलाई १९ रनले हराउँदै सनसनी मच्चाएको थियो । २०१९ मा पारसले छाडेपछि दीपेन्द्र नेपालको उपकप्तान बने । तर अनुशासनको कारण क्यानले ज्ञानेन्द्रसँगै दीपेन्द्रलाई हटाएको थियो । अन्यथा सन्दीप भन्दा अघि दीपेन्द्रले नेतृत्व गर्ने उच्च सम्भावना र पहिला दाबेदार थिए ।

सन्दीपले २०१८ मा पोखरा प्रिमिपर लिग (पिपिएल) मा विराटनगर टाइटन्सको कप्तानी गरे । सन्दीपले फ्रेन्चाइज लिगमा गरेको पहिलो कप्तानी थियो । विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । त्यसपछि सन्दीपले गत वर्ष काठमाडौं मेयर्स कपमा काठमाडौं मेयर्स–११ को कप्तानी सम्हाल्लेका थिए ।

उनको कप्तानीमा काठमाडौं ११ ले ४ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा रहेर बाहिरिएको थियो । गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनको नेतृत्व गरेका थिए । काठमाडौं लिगमा ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर प्लेअफ खेलेको थियो । एलिमिनेटरमा काठमाडौं भैरहवा ग्ल्याडियटर्ससँग १६ रनले पराजित हुँदै बाहिरिएको थियो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

नेपालले टस जित्यो, कुशल भुर्तेल र करण बेन्चमा

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.