default_image

3 years ago

February 11, 2022

नेपालले टस जित्यो, कुशल भुर्तेल र करण बेन्चमा

234 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिला फिल्डिङगर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीपले डेब्यू कप्तानीमै टस जितेका हुन् ।

नेपालले आजको खेलमा युवा ओपनर कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, लोकेश बम, साहब आलम र जितेन्द्र मुखियालाई बेन्चमा राखेको छ । नेपालले टोलीमा युवा ब्याटिङ अलराउन्डर विवेक यादव र बायाँ हाते स्पिनर सागर ढकाललाई डेब्यू दिएको छ । घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका विवेक र सागरलाई डेब्यू दिएको हो । विवेक तीव्र गतिमा बलिङ गर्नुको साथै विष्फोटक ब्याटिङ गर्नेगर्दछन् । विवेकले फिनिसरको भूमिका निर्वाह गर्नेछन् । सागरले सन्दीप लामिछानेलाई स्पिन आक्रामणमा साथ दिनेछन् ।

सन्दीपले कप्तानीमा डेब्यू पनि गरेका छन् । सन्दीप नेपालका लागि कप्तानी गर्ने १० औं कप्तान हुन् । टि२० आईमा पारस खड्का, ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । सन्दीप विश्वका टि२० आईमा कप्तानी गर्ने आठौं कान्छा खेलाडी हुन् । सन्दीपले २१ वर्ष १ सय ९३ दिनमा कप्तानी गरेका छन् । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट अघि तयारी स्वरुप हुन लागेको यस सिरिज दुवै टोलीको लागि महत्त्वपूर्ण छ । ओमान र नेपाल विश्वकप छनोटमा एकै समूहमा हुँदा यस नतिजाले मनोबलमा ठूलो प्रभाव पार्ने देखिन्छ ।

ओमानका ओपनर अकिब इलियास बोन ट्युमरको कारण टोलीमा छैनन् । त्यसैले जतिन्दर सिंह र कश्याप प्रजापतिले इनिङ सुरुवात गर्ने सम्भावना छ । जतिन्दर उच्च लयमा छन् । गत असोजमा ओडिआईमा नेपालविरुद्ध सानदार शतक प्रहार गरेका थिए । यसै साता युएईविरुद्ध पनि उत्कृष्ट शतक प्रहार गरेका थिए । जतिन्दरले ३१ टि२० आई खेलमा ४ अर्धशतक सहित ८ सय १० रन बनाएका छन् । जतिन्दर, मकसुद र बिलाल ओमानका प्रमुख हतियार हुन् ।

नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।

नेपाल र ओमानबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१९ मा भएको पेन्टागुलर सिरिजमा घरेलु मैदानमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो । नेपाल ६४ रनमा अल आउट हुँदा ओमानले ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.