3 years ago
February 11, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेगस्पिनर तथा कप्तान सन्दीप लामिछाने टि२० आई क्रिकेटमा कीर्तिमानी ५० विकेटको दौडमा छन् ।
आज चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानसँग हुने खेलमा तीन विकेट लिए सन्दीप नेपालबाट टि२० आई क्रिकेटमा ५० विकेट लिने पहिलो खेलाडी बन्नेछन् । आजको खेलमा लिन नसकेपनि नेपालबाट ५० विकेट लिने दौडमा सन्दीप धेरै अघि छन् । सन्दीप टि२० आईमा सर्वाधिक छिटो ५० विकेट लिने विश्व कै दोस्रो बलरको दौडमा समेत छन् । सन्दीप डेब्यू कप्तानीमा उक्त सफलताका साथ नेपाललाई जितको साथ यादगार र सानदार सुरुवात गर्न चाहन्छन् ।
सन्दीपले २६ टि२० आई खेलमा ४७ विकेट लिएका छन् । सन्दीपले टि२० आईमा २०१८ मेमा नेपालबाट नभएर विश्व-११ बाट वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका थिए । सन्दीपले नेपालका लागि २५ टि२० आई खेल खेलेका छन् । टि२० आईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने कीर्तिमान श्रीलंका पूर्व स्पिनर अजन्था मेन्डिसको नाममा छ । उनले २६ खेलमा ५० विकेट लिएका थिए ।
दोस्रो स्थानमा आयरल्यान्डका मध्य गतिका बलर मार्क आदिर छन् । उनले २८ खेलमा त्यस सफलता हात पारेका थिए । सन्दीपले आजको खेलमा तीन विकेट लिएमा सर्वाधिक छिटो ५० विकेट लिने दोस्रो बलरको विश्व कीर्तिमान राख्ने छन् । आजको खेलमा विकेट विहीन बनेपनि सन्दीपले अफगानिस्तानका राशिद खान, दक्षिण अफ्रिका इमरान ताहिर, डेल स्टेन, भारतका जस्प्रित बुमराह, युजभेन्द्र चहल, अष्ट्रेलिया मिचेल स्टार्क, श्रीलंका लासिथ मलिङ्गा जस्ता विश्व चर्तित टि२० बलरलाई पछि पार्ने भने निश्चित छ ।
इमरान ताहिर र राशिद खानले ३१–३१ खेलमा उक्त सफलता हात पारेका थिए । चहलले ३४ खेल, डेल स्टेनले ३५ खेल, न्युजिल्यान्डका टे«न्ट बोल्टले ३६ खेल र मिचेल स्टार्कले ४० खेलमा उक्त सफलता हात पारेका थिए । त्यसैले सन्दीपले विश्व चर्चित बलरलाई पछि पार्ने निश्चित देखिन्छ । नेपालमा सन्दीपपछि करण केसीले ३३ खेलमा ४४ विकेट लिएका छन् ।
सोमपाल कामीले ३३ खेलमा ३१, बसन्त रेग्मीले १८ खेलमा २५, अभिनाश बोहराले २४ खेलमा २२ र ललितनारायण राजवंशीले १२ खेलमा १० विकेट लिएका छन् । अन्य नेपाली बलरले टि२० आईमा दोहोरो अंकको आकँडा छुन सकेका छैनन् ।
टि२० क्रिकेटमा भने ५० विकेट लिने पहिलो खेलाडी बसन्त रेग्मी हुन् । वसन्तले ४० टि२० खेलमा ५३ विकेट लिएका छन् । नेपाल र ओमानबीचको खेल दिउँसो ३:४५ मा अल अमरेत मैदानमा सुरु हुनेछ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]