3 years ago
February 11, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले आफूले वा अरु जसले राम्रो गरेपनि लक्ष्य विश्वकप खेल्ने बताएका छन् । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज खेल्नुअघि कुशलले हाम्रो खेलकुदसँगको कुराकानीमा उक्त प्रतिक्रिया दिएका हुन् ।
गत वैशाखमा टि२० आईमा डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका कुशलबाट यस पटक पनि उच्च अपेक्षा गरिएको छ । गत असोजमा ओमानमा सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पनि कुशलले उच्च प्रदर्शन गरेका थिए ।
घरेलु मैदानमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध सानदार प्रदर्शन गरेका थिए । कुशलले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गर्दै प्लेयर अफ द सिरिज बनेका थिए । डेब्यूसहित सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईमा कुशल पहिलो खेलाडी समेत हुन् ।
यस्तै प्रदर्शनको लागि दबाब छ कि प्रश्नमा कुशलले भने, ‘दबाब भन्ने त्यस्तो केहि पनि छैन । राम्रो गर्नुछ । मैले गरेपनि अरु कसैले गरेपनि । हाम्रो लक्ष्य विश्वकप खेल्नु छ । नयाँ प्रतियोगिता र खेल हो । नयाँ दिन भनेर खेल्ने छु । ठूलो प्रतियोगिता खेल्न उत्साहित छु । राम्रो गर्नुपर्छ भन्ने यसैमा टिमको एउटा जिम्मेवारी पनि छ । खेलाडीहरु लयमा छन् । क्याम्पमा राम्रो खेल खेलेका थियौं । सबै आत्माविश्वासी छौं ।’
यसै महिनाको सुरुवातमै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा कुशललाई कोरोना संक्रमण भएको थियो । ‘कोरोनाले गर्दा प्रधानमन्त्री कपमा सेमिफाइनल र फाइनल खेल्न मिलेन । त्यसपछि चाँडो ठिक भयो । पछि क्याम्पमा आउँदा त्यस्तो गाह्रो त भएन । एक दुई दिन शरीरि केहि टाइट थियो । अरु त्यस्तो केहि असर भएन’, कोरोनाको असरबारे कुशलले भने ।
उक्त त्रिकोणात्मक सिरिज देखि आसिफ र कुशलले ओपनिङमा सानदार प्रदर्शन गर्दै आएका छन् । कुशल र आसिफ डेब्यूको सुरुवाती टि२० आईमा लागातार शतकीय साझेदारी गर्ने विश्वकै पहिलो जोडी समेत हुन् । यी दुई ओपनरको प्रदर्शनले पनि विश्वकप छनोटमा ठूलो प्रभाव पार्नेछ ।
‘आसिफ र म एक अर्कालाई बुझ्छौं । जस्तै रनिङ विटविन द विकेट हुन्छ । कति बेला कुन सट खेल्ने । कति बेला कुन बलरलाई प्रहार गर्ने । यो योजनाहरु भएको छ । दुवै जना आत्माविश्वासी छौं’, उनले भने ।
छनोटअघि ४ देश सम्मिलित प्रतियोगिताले सहज हुने विश्वास उनले राखेका छन् । ‘ठूलो प्रतियोगिता अघि राम्रो खेलहरु छ । यसमा राम्रो गरे छनोटको लागि आत्माविश्वास आउँछ । हामीले पनि त्यहिँ सोचेका छौं कि तीन खेलमा राम्रो गरेर आत्माविश्वास लगेर जाउँ’, उनले भने, ‘२०१३ मा दाईहरुले खेल्दा टिभीमा हेर्थे । अहिले हामी खेल्दैछौं । ठूलो प्रतियोगिता केहि दबाब हुन्छ । जिम्मेवारी पनि छ ।’
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]