default_image

2 years ago

February 9, 2022

चार देश सम्मिलित टि२० सिरिजको प्रसारण अधिकार एडप्याडलाई

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एडप्याडले नेपाल, आयरल्यान्ड, युएई र ओमानबीच हुने टि२० आई सिरिजको प्रसारण अधिकार खरिद गरेको छ । एडप्याडले एक प्रेस विज्ञप्ति मार्फत आफूले उक्त चार देशबीच हुने टि२० आई सिरिजको अधिकार किनेको जनाएको छ ।

एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आई. टि. डब्लु नामक कम्पनीसँग नेपालको लागी प्रसारण अधिकार खरिद गरेको हो । प्रतियोगिता प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एच डि टेलिभिजन, युट्युवमा ओ. एस. आर. स्पोर्टस र दराज एप मार्फत हेर्न सकिने छ ।

एडप्याड नेपालको सर्वाधिक ठूलो कन्टेन्ट निमार्ण र खरिद कम्पनी दाबी गर्दै आएको छ । एडप्याडले यस अघि नेपाल क्रिकेट टिम जर्सी प्रायोजन, गत वैशाखमा त्रिकोणात्मक टि२० आई सिरिज, इपिएल, भ्वाइस अफ नेपाल किड्स्, सक्किगोनी, क्राइम फाइल्स, जस्ता थुप्रै खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम तथा सामाग्रीहरुको निमार्ण र ब्यवस्थापन गर्दै आएको छ ।

‘ कुनै नेपाली कम्पनीले विदेशीकम्पनीसँग सहकार्य गरी खरिद अधिकार गरेको यो पहिलो पटक हो । यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरु नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ । विगतमा वेबसाइट लाई रिफ्रेस गरी गरी स्कोर अपडेट लिनुपर्ने स्थितीबाट आज अन्तराष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाउदाँ हामी उत्साहित छौं’, एड प्याड प्रा. लि. सुरज गिरीले प्रेस विज्ञप्तिमा भनेका छन् ।

नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार घरेलु टोली ओमानसँग खेल्नेछ । शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ ।

ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड

टि२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

नेपालले फाइदा उठाउनु पर्ने ओमानका चार कमजोरी

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.