default_image

3 years ago

February 10, 2022

युवा खेलाडीमा निर्भर विश्वकप भविष्य

138 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आइसिसी टि२० विश्वकप २०२२ खेल्ने सपनाका साथ नेपाली क्रिकेट टोली ओमानमा छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न मंगलबार राती नेपाल मस्कट पुगेको थियो । नेपालले विश्वकप छनोट अघि तयारी स्वरुप चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछ ।

नेपालले पहिलो खेल शुक्रबार ओमान, शनिबार युएई र सोमबार टेस्ट टोली आयरल्यान्डसँग खेल्नेछ । नेपाललाई छनोट अघि कमजोरी सुधार गर्ने अन्तिम र सबैभन्दा राम्रो अवसर हुन् । यी चार टोली विश्वकपका प्रमुख दाबेदार हुन् । त्यसैले सिरिजको प्रदर्शनले नेपाल कुन स्तरमा छ थाहा हुनेछ ।

समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा स्थान बनाउने दुई टोलीले आगमी अक्टोबर १६ देखि अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । टि२० विश्वकप नेपालको अव सपना नभएर आवश्यनै भएको छ । युवा खेलाडीको प्रदर्शनले विश्वकप खेल्ने वा नखेल्ने निर्धारण गर्नेछ ।

उमेरले युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीको लय र क्षमता हेर्दा विश्वकपमा छनोट हुने सम्भावना उच्च छ । शरद भेषावकर, प्रदीप ऐरी, जितेन्द्रसिंह मुखिया र ज्ञानेन्द्र मल्ल टि२० विश्वकप २०१४ खेल्दाका सदस्य हुन् । विश्वकपमा शरद, जितेन्द्र र ज्ञानेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रदीप बेन्चमा थिए । यी चार बाहेक अहिले टोलीमा सबै युवा खेलाडी छन् ।

ओपनर आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र लोकेश बम प्रमुख ब्याटर हुन् । विवेक यादव र कुशल मल्ल अलराउन्डर तथा सागर ढकाल, सन्दीप लामिछाने र साहब आलम स्पिनर हुन् । तीव्र गतिको बलरमा करण केसी, अभिनाश बोहरा र कमलसिंह ऐरी छन् । करण बाहेक अन्य सबै खेलाडी २० देखि २५ उमेरका छन् । ज्ञानेन्द्र, शरद, जितेन्द्र, प्रदीप र करण उमेरले २५ माथिका खेलाडी हुन् ।

युवा स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो पटक कप्तानी गर्दैछन् । सन्दीप पहिलो नेतृत्वमै विश्वकपमा पुर्याउँदै सुनौलो अक्षरमा नाम लेखाउन चाहन्छन् । तर टोलीमा परेका सबै युवा खेलाडीबाट भने अपेक्षा उच्च छ । आसिफ र कुशलले ओपनिङ गर्ने पक्का छ । गत वैशाखमा आसिफ र कुशलले नेदरल्यान्ड्स र मलेसियाविरुद्ध लगातार शतकीय साझेदारी गर्ने पहिलो ओपनर बनेका थिए ।

कुशलले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गरेका थिए । त्यसमा तीन लगातार अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका थिए । आसिफले पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गरेका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट कुशल र नेपाल एपिएफ क्लवबाट आसिफले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

कुनैपनि टोलीलाई विशाल योगफल बनाउन र पूरा गर्न ओपनरको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ । आसिफ र कुशलको उत्कृष्ट प्रदर्शन विना बलिया टोलीविरुद्ध जित सहज हुनेछैन । यी दुई युवा ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । तेस्रो नम्बरमा ज्ञानेन्द्र र लोकेश बम दाबेदार हुन् । चौथो नम्बरमा दीपेन्द्र हुनेछन् । दीपेन्द्र, आसिफ र कुशलको प्रदर्शनले नेपालको ब्याटिङ प्रर्दशन संकेत गर्नेछ । मध्यक्रममा दीपेन्द्रको प्रदर्शनले ठूलो अर्थ राख्नेछ ।

कुशल र विवेक दुवै आक्रामक ब्याटर हुन् । पहिलो पटक सिनियर टोलीमा परेका विवेक र लोकेश घरेलु क्रिकेटवाट ठूलो आशा राखेका खेलाडी हुन् । दुवै विष्फोटक लागि माहिर छन् । नेपालले टि२० मा खाजे जस्ता खेलाडी हुन् । डेथ ओभर र विकेट गएको कठिन परिस्थितिमा नेपाल यी दुई खेलाडीबाट सर्वोत्कृष्ट प्रदर्शनका साथ राम्रो मोमेन्ट फिर्ता लिन खोज्नेछ । बम र विवेक दुवै डेब्यू भ्रमणमा यादगार र स्मरणीय बनाउन चाहन्छन् ।

नेपालले तीन तीव्र गतिका बलर मैदान उतार्ने छन् । जितेन्द्र र करण पहिलो रोजाईमा खेल्नेछन् । टिम सन्तुलनको कारण चार तीव्र गतिका बलरको सम्भावना देखिदैन । कमल र अभिनाश मध्य एक खेल्नेछन् । स्पिनर सन्दीप नेपालका प्रमुख हतियार हुन् । नेपालको विश्वकप सपनामा सन्दीपको प्रदर्शनले धेरै प्रभाव पार्नेछ । आइपिएल देखि बिग ब्यास लिग सम्म खेलेका अनुभव र सिकाई विश्वकपमा छनोटमा देखाउने छन् । नेपाललाई विश्वकपमा पुर्याउन सकेको खण्डमा विदेशी फ्रेन्चाइज लिगले सन्दीपलाई हेर्ने नजरमा फरक आउनेछ । सागर र साहब मध्य एक स्पिनर खेल्नेछन् ।

नेपाल युवा खेलाडीले भरिएको छ । अनुभवी खेलाडी ज्ञानेन्द्र, शरद र प्रदीप टि२० क्रिकेटका लागि खासै चिनिदैनन् । रणनीति अनुसार शरद र ज्ञानेन्द्र मध्य एकले प्लेइङ ११ मा मौका पाउने छन् । प्रदीप ब्याकअप ओपनर र विकेटकिपर हुन् । जितेन्द्र २०१५ पछि टोलीमा फर्किएका छन् । त्यसैले नेपाली टोली विश्वकप छनोटमा पूरा युवा खेलाडीमाथि निर्भर छ । युवा खेलाडीमा अन्तर्राष्ट्रिय म्याच एक्सपोजरको कमी कमजोरी हो । तर अहिले कमजोरीलाई भुलेर आफ्नो बलियो पक्षलाई ध्यान दिँदै उत्कृष्ट क्रिकेट खेल्नुपर्ने समय हो ।

अधिकांश युवा खेलाडीले खासै धेरै अन्तर्राष्ट्रिय खेल नखेलेको हुँदा विपक्षी टोलीलाई रणनीति बनाउन कठिन पर्नेछ । त्यसको नेपालले भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ । ओमान र क्यानडा नेपाललकै स्तरका टोली हुन् । यी दुवै टोलीलाई नेपालले हराउँदा सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना बलियो रहन्छ । यूएईमाथि पछिल्लो समय नेपालको नतिजा राम्रो छ । आयरल्यान्डनै परेपनि विश्वकपमा उसलाई हराउन बाहेक अन्य विकल्प छैन । त्यो दिन नेपालले सर्वोत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

उत्कृष्ट क्रिकेट खेल्ने र देखाउने समय यहि हो । महत्त्वपूर्ण प्रदर्शनमा राम्रो गर्न नसके सिरिजको प्रदर्शनले वरियता र साख बाहेक अन्यमा अर्थ त्यति धेरै हुँदैन । अझ नेपाल जस्तो देशको सिरिजको नजिता कमैले पछ्याउने र उत्कृष्ट खेलेपनि सामान्य रुपमा लिने गर्दछन् । सबै युवा खेलाडीको प्रदर्शन उत्कृृष्ट र आशालाग्दो छ । त्यहि प्रदर्शनलाई विश्वकप छनोटमा निरन्तरता दिनुपर्ने हुन्छ । युवा खेलाडीलाई आफ्नो भविष्य राम्रो बनाउने यो स्वर्णिम अवसर हो । विश्वकप प्रदर्शनमा सबैको ध्यान हुन्छ । आइपिएलसँगै विदेशी फ्रेन्चाइज लिग खेल्ने सपना बुनेका युवा खेलाडीले यस्ता अवसर गुम्न दिनु हुँदैन ।

युवा खेलाडीलाई आफ्नो र नेपाली क्रिकेट दुवैको स्तर सफलता चुचुरोमा पुर्याउने यो सबैभन्दा राम्रो अवसर र सहि समय हो । युवा खेलाडीले जिम्मेवारीका साथ आफ्नो शैलीको खेल खेलेमात्र पनि विश्वकप सहजै पुग्नसकिन्छ । युवा खेलाडीको राम्रोप्रदर्शन विना भने विश्वकप सपना सोच्न पनि कठिन देखिन्छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.