default_image

3 years ago

February 8, 2022

ओमान र युएईबीच रोमान्चक बराबरी

82 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईबीच तेस्रो तथा अन्तिम ओडिआई खेलमा रोमान्चक बराबरी भएको छ ।
२ सय १५ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो ।

युएईलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । ओमानका लेगस्पिनर खवर अलीले २ विकेट सहित ८ रन मात्र खर्चेपछि खेल टाई भएको थियो । अलीले काशिफ दाउदलाई पहिलो र दोस्रो बल डट राखेका थिए । तेस्रो बलमा उनले दुई र चौथो बलमा चौका प्रहार गरे । बाँकी दुई बलमा तीन रन चाहिँएको अवस्थामा युएईले लगातार विकेट गुमाएपछि खेल टाई भएको थियो । पाँच बलमा दाउद शोहिब खानबाट ५२ रनमा क्याच आउट भए । उनले ५२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्ने ।

अन्तिम बलमा तीन रन चाहिँएको अवस्थामा अकिफ राजा तेस्रो रन लिनेक्रममा रन आउट भएपछि खेल बराबरी हुन पुग्यो । युएईका मोहम्मद वासिम ३५, मोहम्मद उस्मान ४७, बासिल हमिद २६ र रोहन मुस्तफा २५ रनको योगदान दिए । ओमानका नेस्टर धम्बा र खवर अलीले ३–३ विकेट लिए । कलिमुल्लाहले २ र बिलाल खानले १ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमान ४९.३ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । ओमानका ओपनर कश्याप प्रजापतिले ८९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । जतिन्दर सिंह २६, जिशान मकसुद ३६, खवर अली २४ र नसिम खुशी ३३ रनमा आउट भए ।

युएईका कासिफ दाउद र जहुर खानले ३–३ विकेट लिए । बासिल हमिदले २ विकेट लिए । युएई यसअघि पहिलो र दोस्रो खेलमा ४–४ विकेटले विजयी भएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले अर्को महिना युएईमा युएई र पपुवा न्युगिनीसँग खेल्ने सम्भावना छ ।

अंक तालिका

ओमान २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.