default_image

3 years ago

February 8, 2022

टि२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमानतर्फ प्रस्थान गरेको छ ।

नेपाली टोली मंगलबार साँझ साढे ६ मा ओमानतर्फ प्रस्थान गरेको हो । त्यसअघि मंगलबार विहान भर्चुअल माध्यमद्धारा युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) ले टोलीलाई विदाई गरेका थिए । १७ सदस्य खेलाडी र पाँच अफिसियल गरि कुल २२ सदस्य टोलीले ओमान भ्रमण गर्नेछन् । नेपालले यसअघि घोषणा टोलीमा स्पिनर सागर ढकाललाई टोलीमा थपेको छ । बलिङ युनिट कमजोर भएपछि नेपालले चार देश सम्मिलित सिरिजलाई समेटेको हो ।

नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछ । उक्त सिरिजमा नेपाल, ओमान, युएई र आयरल्यान्ड हुन्छन् । नेपालले सिरिजको पहिलो खेलमा शुक्रबार ओमानसँग खेल्ने कार्यक्रम छ । शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ । त्यसपछि नेपालले टि२० विश्वकप छनोट खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गर्ने छ । अर्थात अहिले भएका १७ खेलाडीबाट दुई खेलाडी छनोट बाहिर हुनेछन् । आइसिसीको प्रतियोगितामा १५ भन्दा बढी खेलाडी राख्न पाइदैन । सिरिज भने क्रिकेट बोर्डले जतिपनि खेलाडी राख्न सक्छ ।

ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ ।

प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक पुबुदु दासानायिके अहिले पनि उक्त पदका छन् । नेपालले ओमान भ्रमणमा विवेक यादव, लोकेश बम र सागर भण्डारीलाई पहिलो पटक टोलीमा समेटेको हो । स्पिनर सन्दीप लामिछानेले पहिलो पटक टोलीको नेतृत्व गर्दैछन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

टिम व्यवस्थापक – सुमनराज कार्की
मुख्य प्रशिक्षक – पुबुदु दासानायिके
फिजियो – विक्रम न्यौपाने
बलिङ प्रशिक्षक – धाम्मिका प्रसाद
टेक्निकल एनालिष्ट – रमण शिवाकोटी

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड

टि२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

यो पनि पढ्नुहोस् : टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

उपकप्तान घोषणा नगुर्नमा यस्तो छ क्यानको जवाफ

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.