default_image

3 years ago

February 8, 2022

भारत विरुद्ध पाकिस्तानको टिकट पाँच मिनेटमै सकियो

135 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा आगामी अक्टोबर- नोभेम्बरमा हुने आइसिसी टि२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको खेलको लागि खुल्ला गरेको टिकट पाँच मिनेटमै सकिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा अक्टोबर २३ मा हुने उक्त खेलको लागि टिकट खुल्ला गरेको पाँच मिनेटमा नै सोमबार सबै सकिएको अष्ट्रेलियाको क्रिकेट डट कम डट एयुले जनाएको छ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानबीच द्विपक्षीय सिरिज हुँदैन । त्यसैले यी दुई टोलीबीचको खेल क्रिकेटमा सर्वाधिक लोकप्रिय मानिन्छ । पाकिस्तान र भारतबीच सन् २०१३ यता आइसिसी र एसिसीको प्रतियोगितामा मात्र एकअर्काबीच प्रतिस्पर्धा गर्दै हुँदै आएको छ ।

सन् २०१५ को एकदिवसिय विश्वकपमा पाकिस्तान र भारतबीच एडिलेड ओभलमा भएको खेलको टिकट खुल्ला गरेको एक मिनेटमै सकिएको थियो । सोहि विश्वकपमा मेलबर्न क्रिकेट मैदानमा भारत र दक्षिण अफ्रिकाबीचको खेल ८६ हजार दर्शक उपस्थित थिए । मेलबर्न क्रिकेट ग्राउन्डको क्षमता १ लाख छ । सबै टिकट पाँच मिनेटमै सकिएको हो ।

टि२० विश्वकप २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलिया ७ मैदानमा हुनेछन् । टि२० विश्वकप २०२२ मा बच्चाको लागि ५ डलर र अन्यलाई २० डलर टिकट मूल्य तोकिएको छ । प्रतियोगिताका सिईओ मिशेल एनराइटलेले उक्त खेलको टिकट अधिकांश अष्ट्रेलिया बासिन्दालेनै किनेको जनाएका छन् ।

यस टि२० विश्वकपमा स्थान बनाउन नेपालले अको साता ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्नेछ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा समूह बी मा छन् । समूह ए मा आयरल्यान्ड, युएई, जमर्नी र बहराईन छन् । हरेक समूह शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमानसँग खेल्नेछ । त्यसको अर्को दिन अर्थात फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्नेछ ।

२०२२ को टि२० विश्वकप सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।

पहिलो चरणको समूह ए मा श्रीलंका, नामिबिया र छनोटबाट आउने दुई टोली रहने छन् । समूह बी मा वेस्टइन्डिज, स्कटल्यान्ड र छनोटबाट आउने दुई टोली हुनेछन् ।

पहिलो चरणका खेलहरु २१ अक्टोबरमा सकिनेछन् । साविक विजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच २२ अक्टोबरमा सिड्नी क्रिकेट मैदानमा खेल हुनेछ । त्यसै दिन पर्थमा इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सुपर १२ का समूह चरणका खेलहरु नोभेम्बर ६ सम्म चल्नेछन् । पहिलो सेमिफाइनल नोभेम्बर ९ र दोस्रो सेमिफाइनल नोभेम्बर १० मा हुनेछ । फाइनल नोभेम्बर १३ मा हुनेछ ।

गत अक्टोबर नोभेम्बरमा भएको टि२० विश्वकप २०२१ को उपाधि भने अष्ट्रेलियाले जितेको थियो । भारत र पाकिस्तान सुपर १२ को समूह २ मानै थिए । पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई हराउने क्रममा १० विकेटको सानदार जित हात पारेको थियो ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.