default_image

2 years ago

February 8, 2022

२५ वर्षपछि पाकिस्तानमा खेल्ने अष्ट्रेलिया टोली घोषणा

111 views

0 Bookmark

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले करिब २५ वर्षपछि पहिलो पटक पाकिस्तानमा खेल्ने तीन टेस्ट सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा आफ्नो पहिलो रोजाईको टोली पाकिस्तान पठाउने भएको छ ।

अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन ओडिआई र एक टि२० आई खेल्ने कार्यक्रम छ । सिमित ओभरको लागि भने टोली घोषणा गरेको छ । अघिल्लो महिना सम्पन्न एसेज सिरिजबाट अष्ट्रेलियाले अष्टेलियाले एकमात्र खेलाडी थपेको छ । एस्टन अगर बाहेक अन्य सबै इंग्ल्यान्डसँग खेलेको एसेज टोलीनै पाकिस्तान पठाउने भएको छ ।

अष्ट्रेलियाले सन् १९९८ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो । मार्क टेलरको कप्तानीमा रहेको अष्ट्रेलियाले सन् १९९८–९९ मा तीन टेस्ट सिरिज अष्ट्रेलियाले १–० ले जितेको थियो । स्टिभ वाको कप्तानीमा तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले क्लिनस्विप गरेको थियो ।

सन् २००९ मा लाहोरमा श्रीलंका टोली चडेको बसमा आतंककारीले बम आक्रमण गरेपछि पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको थियो । २०१५ पछि पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्किसकेको थियो । दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, जिम्बावे, आइसिसी विश्व ११ ले भ्रमण गरिसकेका छन् । पछिल्ला तीन संस्करण पाकिस्तान सुपर लिग सफल रुपमा पाकिस्तानमै भएका छन् । २००९ को बम आक्रमण पछि पाकिस्तान भ्रमण गर्ने अष्ट्रेलिया सबैभन्दा ठूलो टोली हो ।

गत असोजमा न्युजिल्यान्डले पाकिस्तान भ्रमण गरेपनि अन्तिम समयमा सुरक्षा कारण देखाउँदै स्थगित गरेको थियो । त्यसको एक महिनापछि इंग्ल्यान्डको टोलीले दुई टि२० आई सिरिजको लागि पाकिस्तान भ्रमण गर्ने कार्यक्रम थियो । तर सुरक्षा कारण उक्त सिरिजपनि स्थगित भएको थियो । अष्ट्रेलियाको भ्रमणले पाकिस्तानमा नयाँ उत्साह फर्किने आशा गरिएको छ । अन्य ठूला देशको लागि पाकिस्तान खेल्न सुरक्षित छ भन्ने ठूलो सन्देश दिनेछ ।

अष्ट्रेलिया टेस्ट टोली –

प्याट कमिन्स (कप्तान), एश्टन अगर, स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरन ग्रिन, मार्कस हरिस, जोश हेजलवुड, ट्रभिस हेड, जोश इंग्लिस, उस्मान खवाजा, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, माइकल निसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क, मिचेल स्विपसन र डेविड वार्नर ।

पाकिस्तान र अष्ट्रेलियाबीचको खेल तालिका

पहिलो टेस्ट – मार्च ४–८, रावलपिन्डी

दोस्रो टेस्ट – मार्च १२–१६, कराँची

तेस्रो टेस्ट – मार्च २१–२५, लाहोर

मार्च २९ – पहिलो ओडिआई, रावलपिन्डी

मार्च ३१ – दोस्रो ओडिआई, रावलपिन्डी

अप्रिल २- तेस्रो ओडिआई, रावलपिन्डी

अप्रिल ५ – एकमात्र टि२० आई, रावलपिन्डी

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.