default_image

3 years ago

February 8, 2022

उपकप्तान घोषणा नगुर्नमा यस्तो छ क्यानको जवाफ

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेकलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न ओमान जाँदैछ । तर नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सम्म उपकप्तान घोषणा गरेको छैन ।

गत मंसिर २९ मा क्यानले अनुशासनको कारण देखाउँदै तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कारवाही गर्दा सोही समयमा लेगस्पिनर सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो । झण्डै दुई महिना समय हुँदा पनि क्यानले उपकप्तान भने घोषणा गरेको छैन ।

‘उपकप्तान प्रशिक्षक पुबुदु दासानायिकले आफैंले परिआएको खण्डमा गर्नुहुन्छ । हामीले आधिकारीक रुपमा उपकप्तान घोषणा गरेका छैनौं । हामीलाई प्रशिक्षकबाट त्यस्तै अनुरोध आएको थियो । वहाँहरुले टिमको उत्कृष्ट रुचिमा जसरी प्रस्ताव गर्नुहुन्छ । सुझावपछि मात्र हामीले सार्वजनिक गछौं । वहाँले हामीलाई अहिले सम्म कुनै सुझाव दिनु भएको छैन’, क्यानका क्रिकेट म्यानेजर विनोद दासले सोमबार साँझ हाम्रो खेलकुदसँग भने ।

टिम ओमान जानु अघि उपकप्तान घोषणा हुन्छ वा हुँदैन भन्ने प्रश्नमा दासले टिममा उपकप्तान घोषणा गर्नु वा नगर्नुमा कुनै फरक नपर्ने बताए । ‘हामीले प्रशिक्षकलाई स्वतन्त्रता दिएका छौं । वहाँहरुको सल्लाह बमोजिम हामी चल्छौं । यदि वहाँले सल्लाह दिनुभयो भने त्यसपछि हामी विचार गछौं । प्रशिक्षकले छनोट समितिसँग कुरा गरेर सल्लाह दिनुहुन्छ’, उनले भने ।

नेपाली टोली मंगलबार राती ओमान प्रस्थान गर्ने कार्यक्रम छ । पछिल्लो महिना भएको क्यान र केहि खेलाडीबीचको विवादले उपकप्तान घोषणा क्यानले कसरी गर्छ निकै चाखको रुपमा हेरिएको छ । वर्तमान टोली हेर्दा उपकप्तानमा दीपेन्द्रनै प्रमुख दाबेदार देखिन्छन् । तर अनुशासनको कारण देखाउँदै कारबाही गरेका दीपेन्द्रलाई दिन्छ वा अन्यलाई दिन्छ धेरैको लागि रुचिको विषय बनेको छ । दीपेन्द्रपछि करण केसी अर्का दाबेदार हुन् ।

नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछ । उक्त सिरिजमा नेपाल, ओमान, युएई र आयरल्यान्ड हुन्छन् । नेपालले सिरिजको पहिलो खेलमा शुक्रबार ओमानसँग खेल्ने कार्यक्रम छ ।

ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड

टि२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

टि२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ ।

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र छनोटबाट आउने दुई टोली

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड र छनोटबाट आउने दुई टोली

यो पनि पढ्नुहोस् : टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.