3 years ago
February 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् ।
माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी दिए । ‘हामीले ७ वर्षको संघर्षपछि यो जग्गालाई फाप्ला मैदानको बनाउन सक्यौं । सपना पूरा भएको छ । यसलाई निर्माण गर्नुनै मुख्य चुनौती हो ,’ उनले भने,‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अघि बढाउने निर्णय भएको छ।’ त्यसैमा उनले थपे, यसको एउटा समिति बन्छ । त्यसपछि काम हुन्छ । यो राष्ट्रिय प्राथमिकताका साथ योजनामा परेको छ ।
शाहीले सबैलाई धन्यावाद दिएका छन् । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०१९ मा सम्पन्न भएको थियो । ‘हाम्रो सबैभन्दा ठूलो सपना नै यहिँ थियो । डिपिएललाई क्रिकेट प्रतियोगिता मात्र नभएर एउटा अभियानको रुपमा अघि लगेर गएका थियौं , उनले थपे,‘ क्रिकेट मैदान मात्र नभएर अब खेल ग्रामको रुपमा चाहिँ अघि बढ्छ । यो भएपछि डिपिएल भन्दा ठूला प्रतियोगिता भईहाल्छन्।’
सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ७० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो ।
खेलग्राममा क्रिकेट रंगशाला सहित जिमखान, पौडीपोखरी, क्रिकेट म्युजियम, अभ्यास खेलमैदान, अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो तथा इन्डोर हल, फुटबल मैदान, पार्किङ, तालीम संचालन गर्ने भवन, मिडिया सेन्टर आदि संरचनाहरूको निर्माणको परिकल्पना गरेको छ । फाप्लासँगै जोडिएको मोहना नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने परिकल्पना छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]